मुख्य समाचार

पूर्वडीआईजी रञ्जन कोइराला रिहा, प्रेमिकाले भनिन्- ‘हाम्रो विवाह भैसक्यो’

पूर्वडीआईजी रञ्जन कोइराला रिहा, प्रेमिकाले भनिन्- ‘हाम्रो विवाह भैसक्यो’

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि ८ वर्ष ६ महिना ‘कैद’ ‘सजाय’ भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला बिहीबार जेलमुक्त भएका छन् ।

सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको ह त्या गरेपछि पूर्वडीआईजी कोइराला जे’ल परेका थिए ।

सो मु द्दामा जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनको स-जाय घटाउने फैसला गरेको थियो ।

तत्कालीन डीआईजी कोइरालाले २०६८ माघमा पत्नी गीताको ह त्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको ह त्या गरेर उनले ‘घटना’ लुकाउन पालुङमा श व जलाएका थिए ।

श’व फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ ०६८ मा थानकोटबाट कोइराला प-क्राउ परेका थिए ।

प्रेमिका ताराले भनिन्- ‘हाम्रो विवाह भैसक्यो’

कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार ‘कारागार’ पुगेकी छिन् । बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी रञ्जनलाई लिन कारागार पुगेकी ताराले ‘रञ्जन र मेरो विवाह भइसकेको’ प्रतिक्रिया दिएकी छिन् ।

उनले भनिन्, ‘हाम्रो विवाह भैसक्यो ।’ औपचारिक विवाहको प्रसङ्गमा उनले हाँसेर टारिन् । यता रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । तर रञ्जन रिहा हुँदा उनका छोराहरु भने रिसिभ गर्न आएनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७