धर्म/ संस्कृति

वास्तुका यी १६ कुरा ध्यान दिनुहोस् घर बनाउँदा

वास्तुका यी १६ कुरा ध्यान दिनुहोस् घर बनाउँदा

घर बनाउनु वा किन्नु अघि यसबारे पर्याप्त समीक्षा र वास्तुमा ध्यान दिनु पर्दछ । वास्तु आफैमा विज्ञान भएकाले यस अनुसार घर निर्माण गर्दा सकारात्मक पक्ष निर्देश रहन्छ ।

अर्थात घर कस्तो, कत्रो र कसरी बनाउने भन्नेबारे वास्तुले निर्देशित गर्दछ । तसर्थ घर बनाउँदा वा किन्नु पर्दा यि १६ कुरामा विचार पुर्याउनु पर्दछ ।

. घरको मुख्य द्वारको सामुन्नेमा भान्सा वा बगैंचा राख्नु हुदैँन ।
. मूख्य ढोका खोल्नासाथ सामुन्नेमा पर्खाल हुनु हुँदैन ।
. वास्तु अनुसार शौचालय बनाउँदा घरको पश्चिम दिशामा मात्र बनाउनु पर्दछ ।

. बेडरुममा सुत्दा खुट्टा उत्तर दिशा र टाउको दक्षिण दिसामा हुनु पर्दछ ।
. त्रिभूज आकारको जग्गा वा एकातिर चौडा र अर्कोतर्फ कम भएको जग्गा किन्नु हुदैँन ।
. खाना खादाँ ब्यक्तिको मुख पूर्व वा उत्तर दिशामा हुनु पर्दछ ।

. वास्तु अनुसार घर बनाउने स्थान आसपास दुर्गन्धित ढल वा वर्कसप हुनु हुदँैन ।
. भिरालो जमिनमा वा खोँचमा पनि घर बनाउनु उपयुक्त मानिदैन ।
. खानेपानि वा कुनै पनि सार्वजनिक ट्यांकी छायाँ पर्ने गरी घर बनाउनु हुदैँन ।

१०. आसपासमा ठुलो घर भएको स्थानमा एउटा सानो घर बनाउनु उपयुक्त हुँदैन ।
११. बेडरुममा खाटमा सुत्दा व्यक्तिको खुट्टा ढोकातर्फ हुन हुँदैन ।
१२. वास्तु अनुसार घरको भान्सा आग्नेय कोणमा हुनु पर्दछ ।

१३. घर बनाउनु अघि यसको प्रयोग, आकार र बनावटबारे लामो समीक्षा गर्नु पर्दछ ।
१४. घर पर्याप्त प्रकाश आउने तथा ताजा हावा आउजाउ गर्ने हुनु पर्दछ ।

१५. गल्ली वा आवास स्थलको अन्तिममा घर बनाउनु हुदैन ।
१६. सडकको किनारमै बनेको सडकको पहिलो घर किन्नु पनि शुभ मानिदैन ।

समग्रमा घर बनाउँदा वा किन्दा पर्याप्त हावा, पानी, प्रकाश आउने तथा गल्ली चौडा भएको स्थानमा बनाउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७