मनोरञ्जन

जव १० बर्षअघि हिमानीले ‘नाइटो’ छेडेको तस्बिर भाइरल बन्यो…

जव १० बर्षअघि हिमानीले ‘नाइटो’ छेडेको तस्बिर भाइरल बन्यो…

फोटो पत्रकार राजेन्द्र मानन्धरको क्यामेराले १० वर्ष अघि पूर्वयुवराज्ञी हिमानी शाहको एउटा तस्बिर कैद गर्यो । दोलखाको नाम्दुमा खानेपानीका सामग्री वितरण गरेर अबरोध भएपछि तामाकोसीवासीले हिमानीका लागि बाटो खुलाइदिए ।

मन्द मुस्कानमा धन्यवाद दिन गाडीबाट ओर्लिँदा मानन्धरको क्यामेराले हिमानीको तस्बिर कैद गर्यो । तस्बिरमा हिमानीले नाइटो छेडेको (पियर्सिङ) गरेको पनि देखियो ।

सारीमा रहेकी हिमानीको उक्त तस्बिरको ठूलो चर्चा भयो। अनेकथरी प्रतिक्रिया अाए । कतिपयले यसलाई ‘नीजी इच्छा’ भनेर प्रतिक्रिया दिए ।

राष्ट्रिय मिडियामा नै उनको यो तस्बिरको चर्चापरिचर्चा भएपछि ससुरा तथा पूर्वराजा ज्ञानेन्द्र शाह त्यो बेला रिसाएको बताइन्छ । त्यसपछि हिमानीले पियर्सिङ हटाइएको चर्चा पनि भयो । यस विषयमा उनले भने कुनै प्रतिक्रिया जनाइन् ।

१० वर्षको यो अन्तरालमा उनको यस्ता तस्बिर कतै सार्वजनिक भएनन् । सार्वजनिक कार्यक्रममा उनको सहभागीता झन् बाक्लियो । उनि पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छन् । उनको मिडिया तथा सामाजिक संजालमा चर्चा पनि निकै हुने गर्छ ।

यो पनि- नायिका सुष्मा कार्कीले ‘नाइटो’ छेडेको भिडियो भाइरल (भिडियोसहित)

‘नाइटो’को पिर्यसिङ साधारण भइसकेको छ । नेपालकै कतिपय सेलिब्रीटिका नाइटोका पिर्यसिङलाई साधारण रूपमा लिन थालिएको छ । पछिल्लो समय नायिका सुष्मा कार्कीले नाइटो छड्दै गरेको भिडियो पनि निकै भाइरल बनेको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७