मनोरञ्जन

पूजाको प्रश्न- के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’

पूजाको प्रश्न- के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’

सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि चलचित्र क्षेत्रसँग सम्बन्धित बिषय भने खुलेका छैन।

अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् । यसै क्रमममा नायिका पूजा शर्माले भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालको चलचित्र क्षेत्र खोल्नुपर्ने हो भनेर प्रश्न गरेकी छिन् ।

पूजाले फेसबुकमा लेखेकी छिन् – ‘चलचित्र क्षेत्र चलायमान गर्न हामी कती गम्भिर छौ ? बजार खुलिसके, यातायात खुलिसके, सरकारले एक प्रकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग अब चलचित्र क्षेत्र सुचारु गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’

पूजाले यो बिषयमा सरकारलाई दबाब दिनसमेत सबै चलचित्रकर्मीसँग आग्रह गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७