मनोरञ्जन

भारतीय चर्चित मिडियाले गर्यो नेपाली नायिकाको चर्चा, तर शेयर गर्यो उल्टो तस्बिर

भारतीय चर्चित मिडियाले गर्यो नेपाली नायिकाको चर्चा, तर शेयर गर्यो उल्टो तस्बिर

भारतको चर्चित मिडिया एबीपी न्यूजले नेपालका चर्चित पाँच हिरोइन भन्दै समाचार छापेको छ । तर उसले हिरोइन नचिनेर उल्टो तस्बिर छापेको छ । जहाँ प्रियंका कार्कीलाई केकी अधिकारी तस्वीरसहित भन्दै समाचार प्रकाशन गरेको देख्न सकिन्छ ।

भारतको राष्ट्रिय स्तरको मिडियाले गरेको यस्तो गल्तीका बारेमा केहि समयदेखि चर्चा चलिरहेको छ । एबीपी न्यूजले प्रकाशन गरेको समाचारमा नेपाली हिरोइनहरु निकै सुन्दर भएको उल्लेख गर्दै ५ जना हिरोइनको चर्चासहित ५ तस्वीर शेयर गरेको छ। जसमा ३ जना हिरोइनको मात्र फोटो सही भने बाँकी २ जनाको तस्वीरमा गल्ति गरेको छ ।

एक तस्वीरमा सृष्टि श्रेष्ठ भनेर पूर्व मिस नेपाल प्रिती सिटौलाको तस्वीर पोस्ट गरेको छ भने अर्कोमा केकी अधिकारी भनेर नायिका प्रियंका कार्कीको तस्वीर पोस्ट गरेको छ। बाँकी ३ जना साम्राज्ञी राज्यलक्ष्मी शाह, जसिता गुरुङ र नम्रता श्रेष्ठको तस्वीर भने सही रूपमा शेयर गरेको छ ।

हेर्नुहोस् त्रृटी

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७