मुख्य समाचार

सरकारले गर्यो लकडाउनको अन्त्यः साउन १५ देखि के संचालन गर्ने, के नगर्ने ?

सरकारले गर्यो लकडाउनको अन्त्यः साउन १५ देखि के संचालन गर्ने, के नगर्ने ?

सरकारले आज अर्थात मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुराँ सञ्चालन गर्न दिने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले कोभिड–१९ सम्बन्धी सु-रक्षाका मापदण्ड अपनाई होटल तथा रेष्टुराँले सेवा दिन सक्ने तर होटल तथा रेष्टुराँमा सभा सम्मेलन भने गर्न नपाइने बताए।

त्यस्तै, ट्राभल, ट्रेकिङ एजेन्सी पनि साउन १५ देखि नै सञ्चालन गर्न पाइने भएको छ। भदौ १ देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ।

खेलकुदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेलकुद पनि भदौदेखि सञ्चालन गर्न पाइने भएको छ। ठूला सभा, सम्मेलन, गोष्ठी, सेमिनार साथै शैलुन, ब्युटीपार्लर, जिमखाना, चिडियाखाना, धार्मिकस्थल, स्वीमिङ पुल, सिनेमा घरहरू सञ्चालन गर्न नपाइने भएको छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७