मुख्य समाचार

माइत हिडेकी अन्जनालाई खोलाले बगायो, श्रीमान बुट्याउन समाएर बाँचे

माइत हिडेकी अन्जनालाई खोलाले बगायो, श्रीमान बुट्याउन समाएर बाँचे

तेह्रथुममा दुखद घटना घटेको छ । जहाँ खोलाले बगाउँदा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान भाग्यले बचेका छन् ।

तेह्रथुमको लागीगुराँस नगरपालिका–९ सोल्मामा सोमबार भालुखोलाले बगाउँदा म्याङलुङ नगरपालिका–६ की ३७ वर्षीया अञ्जना लिम्बूको मृत्यु हो । उनका श्रीमान भने घाइते भएको प्रत्यक्षदर्शी निरबहादुर लिम्बूले बताए ।

सोमबार बिहान आफन्तकोमा जान भनि छथर गाउँपालिकाको सुदाप हिंडेका तीन जनामध्ये दम्पतीलाई दिउँसो १२ बजेतिर एक्कासी आएको खोलाले बगाएको थियो । खोलाले अञ्जनालाई बगाएर करिब ४ सय मिटर तल पुर्‍याएको र उनका श्रीमान भेषराज लिम्बूले एक सय मिटर तल नपुग्दै बुट्याउन समाउन पाएकाले ज्यान जोगाएका थिए ।

अविरल वर्षाका कारण खोलमा बाढी आएको र तीनै जनाले एउटा लौरो समाएर पारी तर्ने क्रममा गहिरो भौडीको कारण दुई जना अकस्मात पानीको छालसँगै बगेको र हतार हतार ढुंगा समाउन पाएको कारण आफूलाई खोलाले बगाउन नसकेको अर्का व्यक्ति निरबहादुर लिम्बूले बताए ।

अञ्जनालाई खोलाले बगाएपछि उनको खोजी गर्दै जाँदा करिब ४ सय मिटर तल मृत अवस्थामा स्थानीयले भेटाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७