मनोरञ्जन

शाहरुख खानले प्लाष्टिकले ढाके आफ्नो घर

शाहरुख खानले प्लाष्टिकले ढाके आफ्नो घर

बलिउड चर्चित अभिनेता शारुख खानले निकै अनाैठाे क्रियाकलाप गरेका छन् । मुम्बईमा कोरोनाभाइरसको प्रकोप तीब्र रुपमा बढिरहेको छ । अब बलिउड सेलिब्रिटी पनि यसको जकडमा आइरहेका छन् ।

केही दिनअघि अमिताभ बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका थिए । अमिताभबाहेक अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन र आराध्या बच्चन पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् ।

यो देखेर अन्य सेलिब्रिटी पनि विशेष सावधानी अपनाइरहेका छन् । बच्चन परिवारका सदस्य अहिले अस्पतालमा भर्ना छन् र आफ्नो उपचार गरिरहेका छन् । यसैबीच नायक शाहरुख खानले आफ्नो बंगला मन्नतलाई चारैतिर प्लाष्टिकले छोपेका छन् ।

शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको डरले ढाकेको बताए

स्मरण रहोस्, शाहरुख खान आफ्नी श्रीमती गौरी र तीन सन्तानसहित मन्नतमा बसिरहेका छन् । साथै शाहरुखले आफ्नो पाँच तले अफिसलाई कोरोना बिरामीको उपचारका लागि बीएमसीलाई दिएका छन् ।

शाहरुखले सावधानी अपनाउँदै आफ्नो घरलाई चारैतिर छोपेका छन् । भारतीय मिडियाका प्रकाशित समाचारका अनुसार शाहरुख खानले आफ्नो घरलाई कोरोनाको डरले नभई वर्षाको डरले ढाकेको बताएका छन् । शाहरुख खानको पूरा घरलाई प्लाष्टिकले ढाकिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७