समाचार

पानी पर्दा काठमाडौको चक्रपथमा एक चक्कर लगाउने यी को हुन् ?

पानी पर्दा काठमाडौको चक्रपथमा एक चक्कर लगाउने यी को हुन् ?

झट्ट तस्विर मात्र हेर्दा यो तस्विरमा को हुन् भन्न निकै मुस्किल छ, तर यो अवतार भन्दा फरक देख्दा अधिकांश नेपालीले उहाँलाई चिन्छन् । उहाँ नेपालको उपप्रधानमन्त्री भइसक्नुभएको भिआईपी कमल थापा हुन् ।

उहाँले आज सिमसिमे पानीमा साईकलमा काठमाडौं रिंगरोडको एक चक्कर पुरा गरियो भन्दै सामाजिक सञ्जालमा तस्विर पोष्ट गर्नुभएको छ । यसो गर्दा रमाइलो शारी रिक अभ्यास भएको उहाँको भनाई छ ।

कमल थापा भीआईपी मात्र हुनुहुन्न उहाँ टेबलटेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन् । उनले अखिल नेपाल फुटबल संघको अध्यक्ष पद २६ वर्षको उमेरमा नै हासिल गरेका हुन् । कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्त्रि समेत बनेका थिए ।

उनी अझैपनि राजतन्त्रको वकालत गर्नुहुन्छ । उनी राप्रपा नेपालको अध्यक्ष पनि हुन् । राजाको शासन सकिएपछि राजनीतिक दलहरुको शासन कालमा समेत थापा उपप्रधानमन्त्री भइसकेकाे छ । यो उनिको राजनीतिक छलाङ हो ।

उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर हासिल गरेका थिए । उनी अहिलेपनि टेबलटेनिसको अन्र्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै खेल्न जान्छन् । यसैले उनी एक बहुमुखी क्षमता भएका उदाहरणीय व्यक्तित्वकाे रूपमा परिचित् छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७