मुख्य समाचार

भदौ १ गतेबाट हवाइ उडान सुरु गर्ने निर्णय

भदौ १ गतेबाट हवाइ उडान सुरु गर्ने निर्णय

सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ । वायुसेवा पुनः सञ्‍चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संक’ट व्यवस्थापन समितिका संयोजक रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७