मनोरञ्जन

भारतमा जन्मिएकी होइनन् कट्रिना कैफ, नाम पनि थियो अर्कै !

भारतमा जन्मिएकी होइनन् कट्रिना कैफ, नाम पनि थियो अर्कै !

बलिउड अभिनेत्री कट्रिना कैफले केहि दिन पहिला जन्मदिन मनाइन् । उनले १६ जुलाईमा ३७ औँ बर्थडे सेलिब्रेट गरिन् ।

उनी फिल्म इण्डस्ट्रिमा आएको लगभग १७ वर्ष भएको छ । उनले शाहरुख, सलमान तथा आमीर खानसँग समेत अभिनय गरिसकेकी छन् । १६ जुलाई सन् १९८३ मा हङकङमा जन्मिएकी उनको वास्तविक नाम कट्रिना टरकोटा हो ।

उनको नाम परिवर्तन गर्नुको पछाडि फिल्म बूमकी प्रोड्युसर आएशा श्रफको हात रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।उनलाई कट्रिना काजी नाम राख्न पनि प्रस्ताव आएको थियो तर उनले कैफ नै छानिन् । उनी १४ वर्षको उमेरमा मोडलिङमा छिरेकी थिइन् ।

उनी हङकङबाट मोडलिङका लागि भारत आएकी थिइन् । उनले फिल्म बुमबाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनी अफेयसैको बारेमा धेरै चर्चा कमउने अभिनेत्रीमा पर्छिन् ।

उनको सफलताको पछाडि सलमानको हात रहेको बताइन्छ । उनीहरु दुबैले ‘म्यान प्यार क्यों किया’ पछि डेट पनि गरेका थिए । तर सन् २००९ मा उनीहरुको ब्रेकअप भयो ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७