समाचार

मेरै अगाडी चारवटा गाडी बगायो, म पनि आफ्नो गाडी छोडेर भागेँ

मेरै अगाडी चारवटा गाडी बगायो, म पनि आफ्नो गाडी छोडेर भागेँ

दुई दिन देखि अनवरत भइरहेको ठूलो वर्षाका कारण मुलुकभर वाढी पहिरो गइरहेको छ । विभिन्न जिल्लामा पहिरोले घर नै बगाएर मानविय क्षती समेत भएको छ । मौसम पूवानुमान महाशाखाले अझ केही दिन वर्षा हुने भएकाले सचेत रहन सुझाएको छ ।

वर्षाकै कारण विभिन्न स्थानमा पहिरो गएका कारण काठमाडौंवाट अन्य जिल्ला जोड्ने मुख्य सडक अवरुद्ध भएको छ । मुग्लीगं हुँदै पोखरा जाने पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो गएको छ । जसका कारण पहिरोमा धेरै मानिस वाटोमै अलपत्र परेका छन् ।

लकडाउनका समयमा जोखिमपूर्ण यात्रा गरेकाहरु बिच वाटोमा अलपत्र परेका छन् । काठमाडौंवाट चितवन जान हिडेका एक जना पहिरोमा फ’सेका कारण गाडी छोडेर भागेको बताएका छन् । आफ्नै गाडी लिएर काठमाडौंवाट चितवन जान हिडेका राजेन्द्र अधिकारीले आफु गाडी छोडेर भागेको बताएका हुन् ।

उनले आफ्नै अगाडी चारवटा गाडी पहिरोले बगाए पछि आफु पनि गाडी छोडेर भागेको बताएका छन् । पहिरो गएको स्थानमा करिब डेढ सय मानिस फ’सेको र त्यहाँ सुत्केरी र गर्भवती समेत भएको बताएका छन् ।

कतैतिरबाट पनि उद्धार हुने छाँटकाँट नदेखेपछि म बा २० च ८१४८ नम्बरको गाडी त्यही छोडेर ज्यानको माया मा’रेर पहिरोको लेदो हुँदै पछाडि फर्किएँ

आफ्नै अगाडी पहिरोले चारवटा गाडी बगाएपछि उनी पनि ज्यान जोगाउन गाडीको माया मा’रेर गाडी छोडेरै भागेको बताएका छन् । आफु सहित करिब ५० जना ब्यक्ति पहिरोको लेदोमा टेक्दै सुरक्षित स्थानमा आएको भएपनि सुत्केरी र गर्भवती महिला सहित करिब सय जना सोही ठाउँमा रहेको उनको भनाई छ ।

उनले आफु पनि करिब ४ घण्टा हामी पहिरोको बीचमा फ’सेको बताएका छन्। कतैतिरबाट पनि उद्धार हुने छाँटकाँट नदेखेपछि म बा २० च ८१४८ नम्बरको गाडी त्यही छोडेर ज्यानको माया मा’रेर पहिरोको लेदो हुँदै पछाडि फर्किएँ । घुँडाघुँडासम्म पहिरोको लेदो थियो । खोला उर्लिएको थियो । जोगीमारामा गएको पहिरोवाट ज्यान जोगाएर आएका राजेन्द्रले भने ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७