समाचार

व्रत बसेकी महिलाले मन्दिरमा पुजा गर्दा गर्दै ‘मृत्यु’

व्रत बसेकी महिलाले मन्दिरमा पुजा गर्दा गर्दै ‘मृत्यु’

सोमबार दिउँसो जिल्लाको बराहताल गाउँपालिका-८ भट्टेघाडीस्थित शिव धाम मन्दिरमा पूजा गर्दागर्दै उनको मृ त्यु भएको हो । ब्रत बसेकी एक महिलाको मन्दिरमा पूजा गर्दागर्दै मु त्यु भएको छ ।

उनी साउने सोमबारे ब्रत बसेकी थिइन् । मृतक ५० वर्षीया महिला लक्ष्मी शाही वडा नम्बर ४ सिम्लेघारी निबासी हुन् । दिउँसो करिब १२ बजेतिर मन्दिरमा पूजाआजा गरी नृत्यकर्म गर्ने क्रममा मृ त्यु भएको वडाध्यक्ष मणिराज कार्कीले बताएका छन् ।

उनका अनुसार मृ तक लक्ष्मीसँगै उनकी बुहारी पनि मन्दिर आएकी थिइन् । तर मृ तक लक्ष्मी भने दिर्ग रो गीको बिरामी रहेको र हिजोदेखि ब्रत बसेर खाना नखाएको उनले बताए ।

स्थानीय भैरव प्राविमा कार्यरत शिक्षिका मनिषा शाहीका अनुसार मन्दिरमा जल चढाउँदै पूजा गर्नेक्रममा लक्ष्मी बेहो स भएकी थिइन् । पछि होस् नखुलेरै उनको मृ त्यु भएको हो ।

उक्त मन्दिरमा हप्तामा दुई दिन सोमबार र शुक्रबार पूजा लाग्छ । मृ तक लक्ष्मीको श व अहिले मन्दिर नजिकै उनका आफन्तको घरमा राखेर परिवारलाई बोलाइएको वडाध्यक्षले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७