मनोरञ्जन

को हुन् यी भाइरल जोडी ? यस्तो छ नालीबेली

को हुन् यी भाइरल जोडी ? यस्तो छ नालीबेली

पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा (भाईरल) बनेको यो तस्वीरको यथार्थ खुलेको छ । सो तस्वीर भाइरल बन्नुको एउटा कारण सरकारी नम्बरको मोटर साईकल अनि पछाडि बसेकी युवतीले लगाएको पहिरन नै हो।

यदि सो मोटरसाईकल सरकारी नम्बरको हुदैन थियो र ति युवती यात्रा गरिरहेकी थिईन भने यो प्रश्न पनि सायद उठ्ने थिएन ।

तर यी दुवैजना पछिल्लो समय सामाजिक संञ्जालको चर्चामा आए । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनिहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको प्रयोगका पनि आफनै नियम छन् । जसको विषयमा सामाजिक संञ्जालमा चर्चा हुनु आफैमा स्वाभाविक हो ।

को थिए त उनिहरु ?

सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन्

यातायात ब्यावस्था विभागका अनुसार प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकल धादिङको गल्छि गाउँपालिका को हो ।

गाँउपालीकाले अत्यावश्यक सामाग्री ओसार पसार( स्टोर) प्रयोजनका लागी सो मोटरसाईकल प्रयोग गदै आएको छ । सरकारी मोटरसाईकलमा सवार युवती र चालक युवा दुवै सरकारी कर्मचारी नै हुन् ।

उनिहरू दुवै जना भर्खरै सरकारी सेवामा गरेको सरकारी कर्मचारीको लागि दिईने संकेत नम्बर भर्न धादिङबाट काठमाडौं आएको खुलेको छ ।

उनिहरू दुवैजना गाउँपालिकाबाट स्विकृती लिएर नै काठमाडौं स्थीत निजामती किताब खानामा सरकारी संकेत नम्बर लिन आएका थिए ।

गल्छी गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रेष्ठले दुवैजना गल्छि गाउँपालिका कर्मचारी भएको बताए । श्रेष्ठका अनुसार उनिहरू सरकारी सेवामा प्रवेश गरेपछि लिनुपर्ने सरकारी संकेत नम्बर लिन काठमाडौं आएका हुन् ।

सरकारी सेवामा प्रवेश पछि कर्मचारीका लागि सरकारी संकेत नम्बर आवस्यब पर्छ । श्रेष्ठले भने दुवै जना गाँउपालीकामा कार्यरत इन्जीनियर भएको बताए ।

गाँउपालीकाका प्रसाशकीय प्रमुख मोहन कुमार श्रष्ठले भने- “सरकारी मोटर साईकल पनि गल्छी गाँउपालीकाकै स्वामित्वमा छ । मोटरसाईकलमा सवार कर्मचारीले लगाएको कपडाको विषयमा प्रश्न उठेको छ । यसका आफनै मर्यादा पनि छन् । यस विषयमा सत्य तथ्य बुझ्ने काम भैरहेको छ । ।”

यस्तो छ कानुनी ब्यावस्था

सरकारी सवारी साधन सञ्चालन तथा प्रयोग सम्बन्धि नर्देशिका २०७२ मा सरकारीरी कर्मचारीले सवारी साधन सम्बन्धी निर्देशिका जारी गरिएको छ ।

जस अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणी तथा प्रथभ श्रेणीका कर्मचारीले सरकारी सवारी साधनको उपयोग गर्न पाउने ब्यावस्था छ ।

सरकारी सवारी साधन प्रयोगकर्ताले सरकारी सम्पतिको उचित संरक्षण गदै मितब्ययी रुपमा सरकारी सवारी साधन प्रयोग गर्नु पर्छ ।

साथै आफुले प्रयोग गरेको सवारी साधनको उचित प्रयोग र त्यसको जवाफदेहिता स्वयं सवारी चालककै हुने उल्लेख गरिएको छ ।

जस अनुसार सरकारी नम्बर प्लेटको सवारी चालक र सवार दुवै सरकारी कर्मचारी नै भएको र उनिहरुले लगाएको कपडाको मर्यादा बारे कारवाहि स्वरुप सचेत गराउने वा कारवाहि नै हुने भन्ने विषयमा गाँउपालीकामा छलफल भैइरहेको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७