विचित्र संसार

जब उनले आफ्नै मृत्युको खबर समाचारमा पढेँ…

जब उनले आफ्नै मृत्युको खबर समाचारमा पढेँ…

मुम्बई – फिल्म ‘बुलबुल’ मा अभिनय गरेका कलाकार अविनाश तिवारीको निधन भएको खबर सामाजिक संजालमा निकै फैलिएको छ ।

यसरी एकाएक आफ्नो मृत्युको खबर फैलिएपछि अविनाश चकित परे । उनले त्यसपछि तुरून्तै यो खबर झुठो भएको र यो हल्ला गैरजिम्मेवार भएको पनि बताएका छन् । भारतको एक मनोरञ्जन वेबसाइटमा अविनाशको निधन भएको खबर प्रकाशन भएको थियो ।

अविनाशले ट्वीटरमा लेखेका छन्- ‘यति हतार छैन भाइ, को हुन् यिनीहरु, कहाँबाट आउँछन्, आफ्नो स्तर सुधार्नुस् कृपया ।’

सन् २०१७ मा रिलिज भएको फिल्म ‘तु है मेरा सन्डे’ बाट बलिउडमा कदम राखेका अविनाशले ‘लैला मजनू’ मा शीर्ष भूमिका निभाएका छन् । यो फिल्मबाट उनले तारिफ पनि पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७