समाचार

नेबिसंघ (वी.पी.) ले पेट्रोलीयम पदार्थको मूल्यबृद्धिको निर्णय फिर्ता लिन बुझायो ज्ञापनपत्र

नेबिसंघ (वी.पी.) ले पेट्रोलीयम पदार्थको मूल्यबृद्धिको निर्णय फिर्ता लिन बुझायो ज्ञापनपत्र

श्रावण ४, काठमाण्डौ

नेपाल बिध्यार्थी संघ (वी.पी.) को भातृ संस्था नेपाल बिध्यार्थी संघ (वी.पी.) ले नेपाल आयल निगमले आफ्नो पुर्ब निर्णय स्वचालित प्रणाली इन्धनको मूल्य समायोजनलाइ लत्याइ २०७७ साल असार १७ गते र २०७७ साल असार २६ गते ९ दिनको बिचमा पेट्रोलीयम पदार्थको मूल्य २ पटक बृद्धि गरेको भन्दै नेपाल बिध्यार्थी संघ (वी.पी.) ले नेपाल आयल निगमलाई आज ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काँग्रेस (वी.पी.) का महामन्त्री श्रीबिकास पाण्डेको नेतृत्वमा गएको बिध्यार्थीहरुको समुहले बिश्व कोरोनाले आक्रान्त भएको र नेपाल पनि प्रभावमा परि नेपाली जनताहरुलाई लकडाउनमा राखि अब्यबस्थित क्वारिन्टाइनमा उपचारको सामाग्री अभाबले पिडा दिएको अबस्थामा नेपाल आयल निगमले आफु अनुकुल मूल्यबृद्दी बढाएर नाफा मात्र हेरेकोले ७ दिन भित्र मूल्यबृद्दी गरेका निर्णय फिर्ता लिन माग गरेकोछ |

पाल बिध्यार्थी संघ (वी.पी.) ले कोरोना तथा प्रकृतीक बिपत्ती बाढी पहिरोबाट पिडित भएका नागरिकलाई उपाहार स्वरूप पेट्रोलीयम पदार्थमा मूल्यबृद्दी गरीएको भन्दै आफ्नो ध्यानाकर्सन भएको जनाएकोछ |

नेपाल आयल निगमलाइ नेपाल बिध्यार्थी संघ (वी.पी.) ले मूल्य समायोजन गर्दा शुक्रबारलाई प्राथमिकता दिएको भन्दै शनिबार र आईतबार दुइ दिनलाई खपत हुने इन्धन निगमको डिपो थानकोट बाट ब्यबसायीले शुक्रबार नै खरीद गर्ने गरेको भन्दै मूल्यबृद्दीमा ब्यबसायी र कर्मचारीको मिलि महत्वमा भ्रष्टचारको गन्ध आएकोले मूल्य समायोजन गर्दा शुक्रबार बाहेक अन्य बारमा समायोजन प्रक्रिया गर्न सुझाब दिएकोछ ।

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले रु.३८ रुपैयामा खरीद गरिएको पेट्रोलीयम पदार्थलाई नेपाल सरकारले विभिन्न कोष खडाको बाहानामा विभिन्न कर लगाई महंगोमा मुल्यमा इन्धन बिक्रि गर्दै आएको तर सो तथाकथित कोश्हरुमा हाल सम्म नेपाल आयल निगमले के कती रकम जम्मा गरीएको छ भन्ने पार्दशिका रुपमा सार्बजनिक नगरीकोले ७ दिन भित्र सार्बजनिक गर्न माग गरीएको छ |

नेपाल बिध्यार्थी संघ (वी.पी.) को ज्ञापनपत्र बुझ्दै नेपाल आयल निगमका महाप्रबन्धकले नेपाल आयल निगम पुर्ण सरकारी स्वामित्वमा रहेकोले आफ्नो निर्णय भन्दा पनि सरकारको निर्णय कार्यान्यन गर्नु बाध्यता रहेकोले सरकारले विभिन्न कर नलगाउने हो भने खरीद मुल्यमा निगमको खर्च जोडी आम उपभोक्तामा प्रति लिटर रु. ४२-४३ रुपैयामा इन्धन उपलब्ध गराउन सकिने बताए|

निगमका महाप्रबन्धकले आफु भित्र मात्र कर्मचारी रहेको बाहिर नागरीक रहेकोले नेपाल बिध्यार्थी संघ (वी.पी.) को माग प्रती गम्भीरताका साथ विभागीय मन्त्रालयमा जानकारी गराई माग सम्बोधन गर्न पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे |

नेपाल बिध्यार्थी संघ (वी.पी.) ले आफ्नो मागलाई गम्भीरता पुर्वक नलिएमा जस्तोसुकै परिस्थिती श्रृजना हुनसक्ने अबस्थाको
जिम्मेवार नेपाल आयल निगम तथा नेपाल सरकार हुने छ भन्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७