मनोरञ्जन

छोटो र पारदर्शी पहिरन लगाएको भन्दै आलोचना भएपछि मोडलले मागिन माफी

छोटो र पारदर्शी पहिरन लगाएको भन्दै आलोचना भएपछि मोडलले मागिन माफी

छोटो र पारदर्शी पहिरन लगाएको आलोचना भएपछि मोडलले माफी मागेकि हुन् । फिलिपिन्सको एकजना स्वतन्त्र महिला मोडलले सोमरसेट एमआरटि स्टेसनमा आफुले लगाएको पहिरनको कारण अप्ठायारो पर्न गएको प्रति सिंगापुरका जनतासंग क्षमायाचना गरेका छन् ।

केहि मानिसले उनको भडकिलो पहिरन प्रति आपत्ति जनाएपनि वास्तवमा उनले क्षमा माग्नै पर्ने जरुरी भने थिएन । उनकाे त्यस फाेटाे सामाजिक संजालमा निकै चर्चा भएकाे छ ।

एस्ली गार्सिया नामकी ति युवतीको तस्वीर उनको जानकारी र सहमति बिना एमआरटि स्टेसन स्थित पिओएसबि एटिएम सामु उभिरहेको अवस्थामा खिचिएका थिए । ति तस्वीरहरु शनिवार सामाजिक संजाल फेसबुकमा भाइरल हुन पगेको थियो ।

इन्टरनेट प्रयोगकर्ता अर्थात नेटिजेन्स मध्ये केहिले उनको पेशाको हिसाबले पहिरनमा औंला ठड्याइरहनु पर्ने आवश्यकता नरहेको विचार प्रकट गरेका थिए । तर केहिले भने उनको पहिरन अत्यन्तै छोटो , पातलो र खुल्ला भन्दै आपत्ति जनाएका थिए ।

‘मेरो पहिरन भडकिलो र मैले अंग प्रदर्शन खोजेको जस्तो तपाईंहरुलाई लाग्छ भने म त्यसका लागि क्षमा माग्दछुं । तर मैले टपभित्र पनि निप्पल टेल लगाएकी छुं । म तपाईंहरुको सम्मान गर्दछुं तर तपाईंहरुले पनि अर्काको निकै व्यक्तिगत प्रसंग उठाउनु भएको जस्तो पनि लाग्दछ ।’

तर कसैलाई केहि हानी नोक्सानी नपुयाएका उनका फटाफट तस्वीर खिचेर फेसबुकमा राख्ने काम पनि सही नभएको प्रतिक्रियाहरु प्नि प्राप्त भएका छन् ।

चिनिया दैनिक अखवार लियान्हे वान्वाओले समेत व्रा नलगाएकी ति युवतीलाई सबै बटुवाले क्वारक्वार्ती हेरिरहेको समेत महशुस नभएको भन्दै तस्वीर सहित समाचार बनाउन भ्याएको छ ।

गार्सियाले आफ्नो फेसबुक पेजमा लेखेकीछन्,‘मेरो पहिरन भडकिलो र मैले अंग प्रदर्शन खोजेको जस्तो तपाईंहरुलाई लाग्छ भने म त्यसका लागि क्षमा माग्दछुं । तर मैले टपभित्र पनि निप्पल टेल लगाएकी छुं । म तपाईंहरुको सम्मान गर्दछुं तर तपाईंहरुले पनि अर्काको निकै व्यक्तिगत प्रसंग उठाउनु भएको जस्तो पनि लाग्दछ ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७