मनोरञ्जन

जोन सेनाले सेयर गरे एश्वर्या रायको तस्विर

जोन सेनाले सेयर गरे एश्वर्या रायको तस्विर

रेस्लर तथा डब्ल्यू डब्ल्यूई सुपरस्टार र हलिउड अभिनेता जोन सेनाका सोशल मिडियामा लाखौं फ्यान फलोइङ छन्। १६ पटकका विश्व च्याम्पियन यी दिग्गज रेस्लर सामाजिक सञ्जालमा निकै सक्रिय पनि रहेका छन्।

पछिल्लो पटक उनले बलिउड अभिनेत्री एवं पूर्व मिस वर्ल्ड ऐश्वर्या रायको तस्विर इन्स्टाग्राममा सेयर गरेका छन्। ससुरा अमिताभ बच्चन तथा पति अभिषेक बच्चन सहित छोरी र आफूमा पनि कोरोना संक्रमण भएपछि ऐश्वर्या अहिले मुम्बईको नानावती अस्पतालमा उपचाररत छिन्।

अमिताभ पत्नी जया बाहेक परिवारका सबैजनालाई कोरोना संक्रमण देखिएको हो। जोन सेनाले कुनै क्याप्सन नलेखी तस्विर पोष्ट गरेका छन। स्वास्थ्यलाभको कामना गर्दै उनले तस्विर सेयर गरेको रुपमा हेरिएको छ।

जोन सेनाले सामाजिक सञ्जालमा यसअघि अभिषेक र अमिताभ बच्चनको पनि तस्बिर सेयर गरेका थिए। इन्ट्राग्राममा तस्विर सेयर गरिरहने जोन सेनाले क्याप्सन भने लेख्ने गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७