मनोरञ्जन

असल पत्रकार बन्ने लक्ष्य लिएकी अभिनेत्री अनुष्का, यस्तो रहेछ कारण

असल पत्रकार बन्ने लक्ष्य लिएकी अभिनेत्री अनुष्का, यस्तो रहेछ कारण

बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मा कुनै बेला पत्रकार बन्न चाहन्थिन् । उनले स्कुले जीवनदेखि नै असल पत्रकार बन्ने लक्ष्य लिएकी थिइन् ।

अनुष्काले कहिल्यै अभिनयमा भविष्य माेडिन्छ भन्ने कहिल्यै साेचेकि थिएनन् । जुन कुरा विभिन्न अन्तर्वार्तामा बताउँदै आएकी छन् । उनमा अभिनेत्री बन्ने सपना कसरी फुर्‍यो ?

उनकाे बाल्यकालकाे कुरा गर्नु पर्दा उनी स्कुल पढ्दा साथीको आग्रहमा सानोतिनो मोडलिङ गर्थिन् । त्यसबेला उनले मोडलिङलाई रमाइलाका रूपमा मात्र लिएकी थिइन् । आर्मी स्कुुलमा १० कक्षामा पढ्दै गर्दा उनलाई पाउडरको विज्ञापनमा काम गर्ने अवसर मिल्यो । उनी विज्ञापनमा सहायक भूमिकामा थिइन् ।

विज्ञापनको मुुख्य भूमिकामा नायिका अञ्जना सुखीजालाई अनुबन्ध गरिएको थियो । त्यसबेला अञ्जना चलचित्र ‘सलाम ई इश्क’का कारण चर्चामा थिइन् । विज्ञापनका लागि अभ्यास गरिरहेका बेला दर्शक उनलाई देखाउँदै कुराकानी गरे, उनलाई नै विज्ञापनको नायिका ठाने ।

यस घटनाले उनी चकित भइन्, सोचमग्न पनि । त्यही बेलादेखि उनले बुझिन्, मुख्य नायिकालाई विशेष स्थान दिइन्छ । उनले चर्चित नायिका बन्ने अठोटसमेत गरिन् । यसपछि अनुष्काले मोडलिङलाई करियरका रूपमा अघि बढाइन् ।

उनले मोडलिङको थप ट्रेनिङ मोडल तथा निर्माता प्रकाश बिडप्पाबाट लिइन् । सुुन्दर, सरल तथा मेधावी अनुुष्काले त्यसपश्चात् एकपछि अर्को छलाङ मार्दै गइन् ।

हाल अनुष्का बलिउड फिल्म उद्योगकी चर्चित अभिनेत्रीमा पर्छिन् । अनुष्काको हालसालै निर्मित चलचित्र ‘बुलबुल’ ओटिटी (ओभर द टप) प्लेटफर्ममार्फत प्रदर्शन भइरहेको छ ।

अनुष्का यसै वर्ष क्रिकेटर झुलन गोस्वामी र कनेडाको बायोपिकमा देखिँदै छिन् । जुन यस वर्षको अन्त्यसम्ममा प्रदर्शन हुने बताइएको छ । अनुष्काले वेब सिरिज पनि निर्माण गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७