मनोरञ्जन

चर्चामा सरोज र आश्माका ‘सरीः १० दिनमै १५ लाख भ्युज (भिडियोसहित)

चर्चामा सरोज र आश्माका ‘सरीः १० दिनमै १५ लाख भ्युज (भिडियोसहित)

नेपालि चर्चित गायक टंक बुढाथोकी र गायिका सबिता भण्डारीको ‘सरी’ बोलको गीत सार्वजनिक भइसकेकाे छ । टंकको शब्द, संगीत, एरेञ्ज रहेको गीतमा टंक र सबिताको स्वर रहेको छ ।

‘सरी’ बोलको गीत सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक भएकाे एक घण्टामै २ लाख भ्युज अाइसकेकाे थियाे । गम्भिर बिष्टको निर्देशनमा बनेको म्युजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्मा फिचर गरेका छन् ।

यस भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन्, भने नबिन निरौलाले सम्पादन गरेका छन् भने सुबोल थापाले कोरियोग्राफ गरेका छन् । यसै भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।

लकडाउन खुकुलो भएपछि गायक टंकको यो दोस्रो काम हो, भने कार्टुन क्रुजको पहिलो काम हो । कार्टुन क्रुजका नियमित दर्शकका लागी यो भिडियो बिशेष हुनेछ ।

भिडियो हेर्नुहाेस्ः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७