मनोरञ्जन

अनन्या पाण्डेले शाहरुखकी छोरीसँग टप्स मागेपछि…

अनन्या पाण्डेले शाहरुखकी छोरीसँग टप्स मागेपछि…

एजेन्सी, लकडाउनका कारण बलिउड सेलिब्रेटीहरु सोसल मिडियामा एकदमै सक्रिय रहे । यसबीच केहि पहिला बलिउड बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आफ्ना केही फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिन् । ती फोटोहरुमा सेलिब्रेटीहरुको कमेन्ट निकै चर्चाको विषय बन्यो । जुन भारतिय मिडियमा समाचारको बिषय नै बन्यो ।

आमा गौरी खानले क्लिक गरेका ती फोटोहरु सुहानाले इन्स्टामा पोस्ट गरेकी थिइन् । मनिष मल्होत्रादेखि ज्याकलिन जस्ता सेलिब्रेटीसम्मले उनको फोटोमा कमेन्ट गरेका छन् । तर यसबीच अनन्या पाण्डेको कमेन्ट खूब चर्चामा आएको छ ।

अनन्याले कमेन्टमा नै अप्रत्यक्षरुपमा सुहानासँग उनको टप्स मागेकी छिन् । कमेन्टमा अनन्याले लेखेकी छिन्, ‘मलाई यो टप्स राम्रो लाग्यो सू । तर मलाई थाहा छ तिमीले यो मलाई दिदैनौं ।’

त्यहीँ अनन्यालाई जवाफ दिदैँ सुहानाले रोचक रिप्लाई गरेकी छिन् । उनले लेखेकी छिन्, ‘पहिले मलाई मेरो सर्ट्स फिर्ता गर ।’
अनन्या र सुहानाको यो कमेन्टलाई फ्यान्सहरुले निकै चर्चाको बिषय बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७