मुख्य समाचार

‘कान्तिपुर’ आर्थिक संकटमा परेको भन्दै पत्रकारहरुले दिए ‘दुई रुपैयाँ’

‘कान्तिपुर’ आर्थिक संकटमा परेको भन्दै पत्रकारहरुले दिए ‘दुई रुपैयाँ’

कोरोनाको बहाना बनाई पत्रकारहरुलाई बिना पारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै पत्रकारहरुले कान्तिपुर पव्लिकेशनलाई पैसा बुझाएका छन् ।

बानेश्वरको बिभिन्न पसलहरुबाट रु २ रुपैंया उठाएर कान्तिपुर पव्लिकेशनको प्रशासकीय प्रमुख शुसिल रावललाई हस्तानतरण गरेका हुन् ।

आज १० बजेर ३० बजे श्रमजीवी पत्रकारको पक्षमा प्रदर्शन गरेर कान्तिपुर पव्लिकेशनमा गएर धर्ना दिएको पत्रकार महासंघको केन्द्रिय सदस्य जन्मदेब जैशीले केटीएम दैनिकलाई बताए ।

प्रेस संगठन नेपाल, काठमाडौंका संयोजक सागर पन्तले पत्रकारहरुलाई कान्तिपुर जस्तो बिग हाउसले पारिश्रमीक नदिएको र बेतलवी बिदा बस्न बाध्य पारेको भन्दै साङ्केतिक रुपमा बिरोध गरिएको बताए ।

२७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्नुपर्ने विभिन्न संगठनहरुको माग रहेको छ ।

उनीहरुले कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरको कार्यालयमा धर्ना बसेका हुन् ।

कान्तिपुरले पव्लिकेशनले प्रकाशन गर्दै आइरहेका साप्ताहिक, नेपाल र नारी बन्द गरेसँगै ती पत्रिकामा कार्यरत ५० भन्दा बढी पत्रकारहरु बेरोजगार बनेका छन् ।

हेरौं केहि तस्विरः

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७