समाचार

सार्वजनिक यातायात साेमबारदेखि सञ्चालन हुने

सार्वजनिक यातायात साेमबारदेखि सञ्चालन हुने

सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भयाे । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु साेमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।

कोभिड–१९ संक्र मणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले साेमबारबाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताए ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उनले बताए । कोभिड–१९ संक्र मणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गरे ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीति मार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन गरेकाे उनले बताए ।

हाललाई एक जिल्लाबाट अर्काे जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएकाे छ । काठमाडौं उपत्यकाको हकमा भने याे लागू नहुने बताएकाे छ ।

उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पाेहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७