मनोरञ्जन

दुर्गेश थापाको बिच्च बिच्चमा ३ ‘बेसार‘ सार्वजनिक (भिडियो)

दुर्गेश थापाको बिच्च बिच्चमा ३ ‘बेसार‘ सार्वजनिक (भिडियो)

३ साउन – पछिल्लो निकै चर्चामा रहेका गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘बेसार ‘ सार्वजनिक भएको छ ।

गतसाल तीजमा बिच्च बिच्चमा’ बोलको गीत बजारमा ल्याएर सर्वाधिक चर्चा बटुल्न सफल गायक थापाले योबर्ष तीजको लागि बिच्च बिच्चमा २ “एउटा फोटो खिच” बोलको गीत केहिदिन अगाडि बजारमा ल्याइसकेका छन् । उक्त गीतलाई यो समाचार तयार गर्दासम्म युट्युबमा ५० लाख पटक हेरिएको छ । दुर्गेश थापाले बिच्च बिच्चमा ३ ‘बेसार पानि’ गीतलाई इनाक्क्षी इन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा ल्याएका छन् ।

केहि समय अगाडि सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानीले कोरोनाबाट बच्न मद्दत गर्छ भन्ने अभिव्यक्ति दिएपछि बेसार पानीको खुब चर्चा चलेको थियो ।

बेसार पानी गीतलाई गायक बसन्त थापाले लेखेका हुन् भने संगीत पनि बसन्त थापाकै रहेको छ । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियोमा दुर्गेश थापा लगायत अन्य कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७