मनोरञ्जन

नायिका करिश्मा मानन्धरका ‘साउने नक्कल’ [फोटो फिचर]

नायिका करिश्मा मानन्धरका ‘साउने नक्कल’ [फोटो फिचर]

साउन महिना हिन्दु नारीका जागि विशेष महिना हो । यसैक्रममा सदावहार नायिका नायिका करिश्मा मानन्धर सामाजिक संजालमा पनि निकै सक्रिय छिन् ।

साउन महिना सुरु भए लगत्तैबाट करिश्माले आफ्नो साउनको नयाँ लुक्स सामाजिक संजाल मार्फत सार्वजनिक गरेकी छिन् । करिश्माले सार्वजनिक गरेको सुन्दर तस्बिरमा करिश्मा निकै अाकर्षक देखिएकी छिन् ।

उनले बिभिन्न समयमा कहिले सारीमा सजिएर त कहिले वान पिसमा लिएका सुन्दर तस्बिर शेयर गरिरहन्छिन् । उनका तस्बिरमा सुन्दरताका तारिफ गर्दै प्रतिक्रिया दिइरहेका हुन्छन् ।

उनले पछिल्लो समय सेतो र हरियो पहिरनमा सजिएका तस्बिर शेयर गरेकी छन् । जहाँ उनको साथमा एक बालिका पनि छिन् उनले क्याप्सनमा श्रावण महिनाको नक्कल भनेर लेखेकी छिन् । उनका यी तस्बिरले सामाजिक संजालमा निकै चर्चा पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७