मनोरञ्जन

बाल्यकालका तस्बिर पोस्ट गर्दै दीपिकाले यस्ताे लेखिन् (तस्विरसहित)

बाल्यकालका तस्बिर पोस्ट गर्दै दीपिकाले यस्ताे लेखिन् (तस्विरसहित)

अभिनेत्री दीपिका पादुकोणल आफनो बाल्यकालको एक फोटो सार्वजनिक गरेकी छिन् । जहाँ उनी आफ्नो स्कूलका साथीसँग बसमा यात्रा गरिरहेकी हुन्छिन् ।

‘हामीले र्बिसिनु हुँदैन हामी कहाँबाट आएको हौं । हामी ती प्रत्येक व्यक्तिलाई सम्झिनु पर्छ जसले हामीलाई यहाँसम्म पुग्न सहयोग गरेका थिए ।’

उनले इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखकी छिन्, ‘हामीले र्बिसिनु हुँदैन हामी कहाँबाट आएको हौं । हामी ती प्रत्येक व्यक्तिलाई सम्झिनु पर्छ जसले हामीलाई यहाँसम्म पुग्न सहयोग गरेका थिए ।’

उनले पोष्ट गरेको पहिलो फोटोमा बसको सबैभन्दा पछाडिको सिटमा बसेको देखिन्छ । दोस्रो फोटोमा उनी रेलनको एक कुनामा उभिएकी देखिन्छिन् ।

अहिले उनी बलिउडको सर्वाधिक चर्चित अभिनेत्री मध्ये एक हुन् । उनले यो पोष्टमार्फत् आफ्ना बाल्यकाल र आफना शुरुका दिनहरु सम्झिरहेको अनुमान लगाउन सकिन्छ ।

दीपिकाको जन्म डेनमार्कको कोपोन्हगमा सन १९८७ जनवरी ५ मा भएको थियो । तर उनको शिक्षा भने बैंगलोरको सोफिया उच्च माध्यमिक विद्यालयमा भएको थियो ।

उनी शुरुमा ब्याड्मिन्टन खेलाडी बन्न चाहन्थिन् । पछि उनी मोडलिङतिर लागिन् । उनले सन २००७ मा ‘ओम शान्ति ओम’ बाट बलिउड यात्रा शुरु गरेकी थिइन् । उनले सन २०१८ मा अभिनेत्रा रणवीर सिंहसँग विवाह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७