मनोरञ्जन

१० वर्ष कान्छा निकसँग विवाहअघि प्रियंकाका चर्चित ७ ‘अफेयर्स’ (तस्विरसहित)

१० वर्ष कान्छा निकसँग विवाहअघि प्रियंकाका चर्चित ७ ‘अफेयर्स’ (तस्विरसहित)

बलिउड चर्चित नायिका प्रियंका चोपडा ३८ औं जन्मोत्सब मनाइरहेकी छिन् । थुप्रै मानिसहरु उनको प्रशंसक छन् । बलिउडदेखि हलिउडसम्म नै चर्चा पाएकी अभिनेत्री चोपडाले अमेरिकी गायक निक जोनाससँग विवाह गरिन् ।

उनले आफूभन्दा करिब १० वर्ष कान्छा युवकसँग विवाह गरेर झनै चर्चा पाइन् । उनको निक जोनाससँग पहिलो प्रेम भने होइन । बलिउड आउनुअघि र पछि उनका थुप्रै प्रेम सम्बन्धले चर्चा पाएको छ ।

प्रियंकाको पहिलो प्रेम असीम मर्चेन्टसँग बसेको थियो ।

उनले बलिउडमा आउनुअघि असीमसँग प्रेम गाँसेकी थिइन् । तर, विस्तारै फिल्ममा चर्चा पाउन थालेपछि उनीहरुको सम्बन्धमा पूर्णविराम लाग्यो ।

असीमसँग सम्बन्ध टुटेकी प्रियंकाको अक्षय कुमारसँग नाम जोडियो ।

एकसाथ फिल्ममा देखिन थालेपछि उनीहरुको प्रेमको चर्चा निकै चल्यो । उनीहरु निकै नजिक भए । जसको परिणामस्वरुप निकै बोल्ड फोटोशुट समेत गराएका थिए ।

तर, उनीहरुको प्रेमको बीचमा अक्षयकी श्रीमती ट्विङ्कल खन्ना आइन् । उनले प्रियंकाको साथमा फिल्म खेल्न समेत बन्देज लगाइन् । त्यसपछि अक्षयले प्रियंकासँग दुरी कायम गरे ।

त्यसपछि, प्रियंकाको पुनः हरमन बावेजासँग नाम जोडियो ।

उनीहरुले एकसाथ फिल्म समेत खेले तर फिल्म फ्लप भयो ।

यसका साथै,

प्रियंकाको नाम शाहरुख खान, जेरार्ड बटलर र शाहिद कपूरसँग पनि जोडियो ।

तर, यी अभिनेताहरुसँग उनको अफेयर चलेको हल्ला मात्रै हो वा वास्तवमै सम्बन्धमा रहेका थिए त्यो भने कसैले खुलेर बताएनन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७