समाचार

रेखाले आफ्नो घर सेनिटाइज गर्ने किन दिइनन् अनुमति ?

रेखाले आफ्नो घर सेनिटाइज गर्ने किन दिइनन् अनुमति ?

बलिउडकी अभिनेत्री रेखाको सुरक्षा गार्डमा कोरोना संक्र मण पुष्टि भएपछि उनको बंगला सील गरिएको छ । घरमा कोरोना संक्र मित भेटिएपछि उनको घर बाहिर बीएमसीले कन्टेन्मेन्ट जोकको बोर्ड समेत लगाएको छ ।

यसै सिलसिलामा रेखा पुनः एकपटक सञ्चार माध्यममा छाएकी छिन् । उनका सुरक्षा गार्डमा कोरोना पुष्टि भयो तर रेखालाई भाइरसको संक्र मण भएको हो वा होइन भन्ने विषयमा भने कुनै तथ्य बाहिर आएको छैन ।

रेखाले आफूलाई संक्र मण भए नभएको कुनै आधिकारिक जानकारी दिएकी छैनन् । यद्यपि, उनले कोरोना भाइरसको परीक्षण भने गराएको बताएकी छिन् ।

सुरक्षा गार्डमा संक्र मण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न सम स्या

अभिनेत्री रेखाका म्यानेजरले बीएमसीलाई दुई दिनभित्र कोरोना परीक्षण गरे रिपोर्ट बीएमसीलाई पठाउने बताएका छन् ।

यसैबीच, सुरक्षा गार्डमा संक्र मण भेटिएपछि रेखाको घर सेनिटाइज गर्न बीएमसीका कर्मचारी गएका थिए । सात दिनसम्म लगातार ढोका ढक्ढक्याउँदा पनि गेट नखुलेपछि उनको घर सेनिटाइज गर्न सम स्या भएको बीएमसीले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुले रेखाको घर सेनिटाइज गर्ने काम भइसकेको समेत उल्लेख गरेका छन् । अहिले उनकाे घर प्रहरीले शिल गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७