समाचार

पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृ’त्यु

पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृ’त्यु

पर्वतको क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृ त्यु भएको छ। पैयुँ गाउँपालिका–६ का ती पुरुषको शुक्रबार राति गण्डकी अस्पताल पोखरामा मृ त्यु भएको हो। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि गाउँको क्वारेन्टाइनमा पठाइएका एक ५२ वर्षीय पुरुषको मृ त्यु भएको हो। श्वा सप्रश्वा समा सम स्या आएपछि शुक्रबार राति उनलाई अस्पताल पुऱ्याइएको थियो। उनलाई राति नै चिकित्सकले मृ त घोषणा गरेका थिए।

‘उता खाएको औषधि यहाँ आएपछि केही समय रोकिएको रहेछ,’ डा. गौतमले भने, ‘बीचमा सास फे र्न गा ह्रो भयो भनेपछि मैले नै सल्लाह दिएर गण्डकी अस्पताल पठाएको राति नि धन’

स्वास्थ्य कार्यालयका प्रमुख डा. भोजराज गौतमका अनुसार असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्लास्तरीय कमाण्ड फोर्सको निर्णयअनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिंदै थियो ।

उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आएका उनको केही समयदेखि औषधि सकिएको थियो । ‘उता खाएको औषधि यहाँ आएपछि केही समय रोकिएको रहेछ,’ डा. गौतमले भने, ‘बीचमा सास फेर्न गाह्रो भयो भनेपछि मैले नै सल्लाह दिएर गण्डकी अस्पताल पठाएको हो । राति नि धन भएछ ।’

कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसं स्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको डा. गौतमले बताए । ‘क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दा हसं स्कार गर्न सल्लाह दिएका छौं,’ गौतमले भने, ‘मैले हाम्रो क्षेत्रीय निर्देशकज्यूलाई पनि भनेको छु ।’

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७