अर्थ

असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज पछि तिरेपनि हुने

असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज पछि तिरेपनि हुने

काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सरकारले ल्याएको बजेटको प्राथमिकता, नीति तथा कार्यक्रमलाई समेत दृष्टिगत गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको छ ।

अब असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि एक वर्षसम्म तिर्न सकिने व्यवस्था गरेको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण परेको असरलाई मध्यनजर गर्दै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी गराएका हुन्।

यसअघि बैंकले एक सय रुपैयाँ निक्षेप लिँदा ८० रुपैयाँ मात्रै ऋण दिन पाउँथे भने अब ८५ रुपैयाँ ऋण दिन पाउने भएका छन्। नगत लाभांस वितरणमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ। वितरणयोग्य नाफा ५ प्रतिशत भन्दा कम हुने बैंकले नगद लाभांस बाँड्न नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७