समाचार

कोरोना संक्रमित ऐश्वर्यालाई अचानक गरियो अस्पताल भर्ना

कोरोना संक्रमित ऐश्वर्यालाई अचानक गरियो अस्पताल भर्ना

कोरोनाबाट संक्र’मित बनेकी अभिनेत्री ऐश्वर्या रायलाई अचानक अस्पताल भर्ना गरिएको छ । स्वास्थ्य निगरानीसहित होम आइसोलेसनमै बसिरहेकी ऐश्वर्यालाई शुक्रबार साँझ मुम्बइस्थित ‘नानावती हस्पिटल’ लगिएको हो । ४६ वर्षीया अभिनेत्रीलाई केही दिनअघि कोभिड १९ को परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।

अभिषेक बच्चन र अभिनेता अमिताभ बच्चनको पनि नानावती हस्पितलमै कोभिड १९ को उपचार भइरहेको छ । गत साता अभिनेता बाबुछोरालाई कोरोनाभाइरस सं’क्रमण भएको थियो । त्यसको भोलिपल्टै ऐश्वर्याकी ८ वर्षीया छोरी आराध्यलाई पनि कोभिड १९ संक्र’मण भएको छ ।

अभिषेकले ट्वीट गर्दै ऐश्यर्वा र छोरीलाई पनि कोरोना सं’क्रमण भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७