विशेष सामाग्री

२५ वर्षिय सतीशः टिकाटालो त भयो तर बिहेको सपना मेलाम्चीले निल्यो

२५ वर्षिय सतीशः टिकाटालो त भयो तर बिहेको सपना मेलाम्चीले निल्यो

काठमाडौं । मेलम्चीको भेलमा वगेर ‘ज्यान’ गु’माएका सतीशको परिवार शो’कमा डुवेको छ । परिवारका सदस्यलाई त्यो सत्य विश्वास गर्न निकै कठिन भइरहेको छ । छोराको भविष्यका लागि आमा बुवाले जिवनमा निकै धेरै संघर्ष गरेका थिए । तर इन्जिनियर बनिसकेको जवान छोरालाई अ’चानक गुमा’उनु पर्दा आमा अ’र्धचेत अवस्थामा छन् ।

जनकपुरधाम उपमहानगरपालिका ४ कदमचोकका स्थानीय बासीन्दा सतीशका बुबा अमरकिशोर गोइतको सपना हराएको छ । ७४ वर्षे हजुरबुबा कृष्णवीरको अवस्था नाजुक भएको छ । २५ वर्षको कलिलो उमेरमा निधन भएका सतिशको विवाह समेत निश्चित भइसकेको थियो । छोराको विवाह गरेर वुहारी ल्याउने आमाबुवाको सपना भ’त्किएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गएको मंगलबार दिउँसो सुरुङको १७ नम्बर गेट फुट्दा २५ वर्षीय सतीश गोइतसहित दुईजना हराएका थिए । उनीसंगै गाडी चालक राधाकृष्ण थापा समेत हराएका हुन् । तर इन्जिनियर गोइतको श’व फेला परेको थियो भने चालक अझै हराइरहेका छन् ।

सतीशको श’वलाई बिहीबार जनकपुरधामस्थित स्वर्गद्वारी ‘घाट’मा अन्त्येष्टि गरिएको छ। सतीशले सोमबार बिहान घरपरिवारका सदस्यहरुसंग एकघण्टा लामो कुराकानी गरेका थिए। उनले कुराकानीका क्रममा पनि आमावुवा र परिवारका सदस्यको ‘चिन्ता’ गरेका थिए । तपाइँहरुलाई केहि समस्या भए मलाई तुरन्त फोन गर्नुहोला भन्दै फोन राखेका छोराको अ’चानक निधनको खबरले परिवार शो’कमा डु’वेको छ ।

२५ वर्षका सतीशको विवाह हुने निश्चित भएको थियो । गएको वैशाखमा उनको टिकाटालो पनि भइसकेको थियो । उनको सप्तरीकै एक युवतीका साथ विवाहको टिकाटालो भएको हो । विवाह मंसिरमा गर्ने तयारी समेत भएको थियो ।

चार छोराछोरी मध्येका काइँला थिए सतीश। दुई दाजुभाइमध्ये उनी कान्छो। दाइ आतिश प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्रीका सवारीचालक छन्। दुई दिदी बहिनीको विवाह भइसकेको छ। २५ वर्षको कलिलै उमेरमा दु’र्घटनाका कारण ज्या’न गु’माएका गोइतका आफन्त र साथी उनको निधनले ‘मर्माहत’ भएका छन् ।उनका साथीले सामाजिक सञ्जाल मार्फत निधन प्रति दुख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७