समाचार

दिदीका घरबाट फर्किदै गरेका युवकको नदी किनारामा ‘शव’ फेला

दिदीका घरबाट फर्किदै गरेका युवकको नदी किनारामा ‘शव’ फेला

बागलुङ नगरपालिका–१३ स्थित कालीगण्डकी नदी किनारामा एक युवकको श व फेला परेको छ । जैमिनी नगरपालिका–१० निवासी १८ वर्षीय जीवन पुन आज मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा आज कालीगण्डकी किनारमा फेला परे

उनी गत असार ३० गते पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ की दिदीका घरबाट जैमिनी हिँडेपछि सम्पर्कविहीन भएकामा आज कालीगण्डकी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने

श व प्रहरीले परीक्षणका लागि धौलागिरि अस्पतालमा राखिएको छ । दिदीका घरबाट कालीगण्डकी तरेर जैमिनीतर्फ जाने क्रममा ठूलो पानी परेका कारण चिप्लिएर नदीमा खसेको हुन सक्ने प्रहरीको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७