समाचार

“बुहारीले छोरी पाउछे, हाम्रो त एउटा छोरो अप्रेशन गर्न हुन्न”

“बुहारीले छोरी पाउछे, हाम्रो त एउटा छोरो अप्रेशन गर्न हुन्न”

हाम्राे धा्र्मिक साकृतिकमा सबैले छाेरा खाेज्ने गर्छन् । तर हामिले छाेराछाेरीलाए बराबार माया दिनुपर्छ । किनकि उनीहरूकाे मन्तिककमा पनि असर गर्ने गर्छ ।

श्रीमतीको जुठो खाए श्रीमानको आयु घट्छ रे, महिनावरी हुँदा छोए नि श्रीमानको आयु घट्छ रे, बुहारीले जुठो हातले छोएको खाना अरुले खान हुन्न रे, सबैले खाए पछि मात्र बुहारीले खानु पर्छ रे, तर बिहान चाडै उठी सबै काम भने बुहारी मात्र गर्नुपर्छ रे, बिहान एक गिलास चिया खानलाई पनि सबैलाई कुर्नुपर्छ रे , नत्र एक्कै चोटी नखाए ग्यास सकिन्छ रे ,हो यस्तो छ हाम्रो नेपाली समाज ।

कथा हो , दिनरात व्यस्त काठमाण्डौ शहरको जति शिक्षित भए पनि हाम्रो समाजमा यस्ता संङकुचित सोचले जरो गाडेर बसेको छ । बुहारी माइत जान हुन्न आफ्नै घरमा बस्नु पर्छ, उसलाई आफ्नो जन्मघर जान अनि बाबु आमालाई भेट्न पनि अनुमती लिनुपर्छ । घरका सबै परिवारलाई कोशेली ल्याउनुपर्छ ।

अझ बिहे गरेको एक वर्ष त माइतीको ढुकुटी सकिने गरी कोशेलीपात ल्याउनुपर्छ । घरका सबै सदस्यलाई सुन कपडा दिनुपर्छ । यसरी घरै भरीदिने बुहारी जब महिनावारी हुन्छे ।अनि सबैबाट तिरस्कृत हुनुपर्छ ।

यता जाउ, उता नजाउ, यसो गर, उसो नगर बाहिरको सबै काम गर तर भान्छामा नजाउ । श्रीमानलाई नछोउ श्रीमानको आयु घट्छ । खाटमा नसुत भँइमा सुत सबै सिरक डस्ना नछोउ, बिटुलो हुन्छ यी र यस्ता व्यवहारले ति बुहारीको मन कति रुन्छ होला ।

जति गाह्रो भएपनि बिहान चाडै उढ्नैपर्ने कुनै दिन गाह्रो भयो भनेर आराम गर्न नपाइने एक दिन ढिला उढे घरको सासु आमा र नन्द, अमाजु सबै मिली गाली गर्ने । के बुहारीको कुनै इच्छा, चाहाना ,सपना हुदैँन । उसलाई आफ्नो रहर पुरा गर्ने अधिकार हँुदैन । के बुहारीे घरको रिमोट हो, जसले जहाँ नचाए नि हुने ?

जब बुहारी गर्भवती हुन्छे, अनि घरका शिक्षित भनौदाहरुको अर्को रुप देखा पर्छ । एकतिरबाट सासुले भन्छिन् सुतेर खान पुग्दैन, काम गर्नुपर्छ हामीले घाँस जाँदा बच्चा जन्माइ फरियामा पोको पारेर घर ल्याएका थियौँ ।

“मेरी आमाले त गरेकी थिइन् तिमीले गर्दा के फरक पर्छ ममीले जे भन्नु हुन्छ त्यही हुन्छ”

अहिलेकाको फुर्ति बढी भन्न नभ्याँउदै अर्को तिरबाट नन्दको भाषण सुरु हुन्छ । यी सबै व्यवहारलाई सहि काम गर्दै श्रीमानको केही माया पाइन्छकी भनी श्रीमान छेउ गई मलाई पानीको गाग्री बोक्न एकदम गाह्रो भयो ममीलाई भन्नु न भन्दा एकाइसौ शताब्दीको त्यो श्रीमानले भन्छ “मेरी आमाले त गरेकी थिइन् तिमीले गर्दा के फरक पर्छ ममीले जे भन्नु हुन्छ त्यही हुन्छ” भन्दा ति बुहारीको मन कस्तो भयो होला एक पटक त्यस ठाँउमा आफैलाई राखेर हेर्नु त ।

अनि जब आफ्नी छोरी चेली गर्भवती हुन्छे । गाग्री त परै जाओस भ्याङ उक्लिन नी गाह्रो हुन्छ । पेट देखिएसि माइत जान हुन्न भन्ने त्यो परिवार आफ्नो छोरीलाई घरमा गाह्रो हुन्छ भनेर माइत ल्याएर राख्छन् । छोरीलाई बिहान उठ्न गाह्रो हुन्छ ।

ओखर, बदम खानुपर्छ बच्चा र आमालाई राम्रो हुन्छ भन्दै फेरी त्यही श्रीमतीलाई बहिनीलाई राम्ररी खुवाउ भन्दै त्यही श्रीमानबाट आदेश आउछ । भन्नुस्त ती बुहारीमा कति सहनशील रहेछे । जब बुहारीलाई बच्चा पाउने प्रवसन पिडा सुरु हुन्छ ।

बच्चा पाउन नसकी जिवन र मृ त्यृसँग लडाइ खेल्दै गर्दा उसको पिसाव बन्द हुन्छ अनि पाढेघरको घर खुल्दैन अनि आतिएर बुहारीका दाजु र भाई अनि आमाले अप्रेशन गर्नु पर्यौ उसलाई गाह्रो भयो भन्दैमा घरमा परिवारले भन्छन् “बुहारीले छोरी पाउछे हाम्रो त एउटा छोरो अप्रेशन गर्न हुन्न” अब ति छोरी जन्माउने आमा र दाजुभाइलाई के भो होला ।

यस्तो बचन सुनी ती बुढी आमा गहभरी आसु पार्दै लामो श्वास फेर्दै गर्दा डाक्टर आएर प्रोगेस भएन छिटो अप्रेशन रुममा लानुपर्छ भन्दै अप्रेशन थियटरमा लग्यो करिब ३० मिनेटको अप्रेशन पछि ति बुहारीलाई बाहिर निकालियो ।

बाहिर निकाल्दै गर्दा तिमीलाई कस्तो छ, नआत्तिउ सब ठिक हुन्छ भन्नु भन्दा के जन्मियो भन्ने प्रश्न र्तेसियो । माइती घरका सबै निलो मुख लगाएर बसेका थिए, भने यता घर पटिका भने, नाती भएको खुसिमा वेडमा जिउँदो लासजस्तै लडिरहेकी बुहारीलाई बिर्सी घरमा आई मासु भात खान सक्ने त्यो परिवारले के आफ्नी छोरीलाई त्यस्तै हँुदा यस्तै व्यवहार र्गलान्न त ?

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७