मनोरञ्जन

‘कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ’ भन्दै सारीमा देखिइन् स्वस्तिमा [फोटो फिचर]

‘कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ’ भन्दै सारीमा देखिइन् स्वस्तिमा [फोटो फिचर]

लकडाउनका कारण मानिसहरू निकै तनावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो ।

अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । यसका अलवा बिभिन्न नयाँ पुराना सुन्दर तस्बिर शेयर गरेर दर्शकसँग जोडिरहेका छन् ।

नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले फेसबुकमा कालो सारीमा सजिएका सुन्दर तस्वीर शेयर गर्दै कालोले ‘सेक्सी’ फिर्ता लेराउँछ भन्दै लेखेकी छन् ।

जहाँ उनलाइ ३४ हजारभन्दा बढीले लाइक गरेका छन भने १२ सयभन्दा बढी कमेन्ट अाएका छन् । अधिकांशले उनको सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७