मनोरञ्जन

बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार, काेसँग कति छ सम्पति

बलिउडका सबैभन्दा धनि ५ सुपरस्टार, काेसँग कति छ सम्पति

बलिउड क्षेत्रमा यस्ता केही अभिनेता छन् जोसँग अकुत सम्पत्ति रहेको छ । केही अभिनेताहरुले करोडौं मानिसहरुको सम्मान र मायासँगै अकुत सम्पत्ति पनि कमाएका छन् ।

यस्ता केही अभिनेताहरु छन्, जसको सम्पत्ति अकुत छ । तीमध्ये सबैभन्दा धेरै सम्पत्ति भएका पाँच अभिनेताहरुको बारेमा चर्चा गर्दैछौँ ।

पहिलो स्थानमा शाहरुख खान-

शोभिज डट.कम वेभसाइटका अनुसार शाहरुख खानको कुल सम्पत्ति ७४० मिलियन डलर रहेको छ । यो सम्पत्तिका अनुसार उनी सबैभन्दा धनि अभिनेता हुन् । अभिनेता शाहरु खानले अभिनय गरेका फिल्म दर्शकले निकै रुचाएका हुन्छन र उनी निकै प्रिय पनि छन् ।

दोस्रो स्थानमा महानायक अभिताभ बच्चन-

विगत ५० वर्षदेखि बलिउडमा राज गरिरहेका अमिताभ बच्चनसँग ४०५ मिलियन डलर सम्पत्ति रहेको छ । अभिनेता अमिताभ बच्चन अहिले काेराेनाकाे संक्रमित भएका छन् र उनले अभिनय गरेका कयाैँ फिल्मले निकै चर्चा पाएकाे छ। उनले दर्शकबाट निकै माया पाएका छन् ।

तेस्रो स्थानमा सलमान खान-

सलमान खानसँग २२० मिलियन डलर सम्पत्ति रहेको छ । सलमान भने धेरै जसाे विवादमा तानिने अभिनेतामा पर्छन् तर दर्शकले उनलाइ उति नै माया गर्छन् उनकाे अभिनय देखेर।

चाैथाे स्थानमा सुपरस्टार आमिर खान-

आमिर खानसँग २०५ मिलियन डलर रहेको छ । उनले सामाजिक संजालबाट निकै चर्चा पाएका छन् । उनकाे फिल्म भने हिट नै हुन्छ ।

पाचाैँ स्थानमा सुपरस्टार अक्षय कुमार-

हिन्दी सिनेमामा ‘खेलाडी’ को नामबाट चर्चित सुपरस्टार अक्षय कुमारको नाम पनि यस सूचीमा सामेल रहेको छ । उनी पनि पाँच सबैभन्दा धनि अभिनेताको सूचीमा सामेल छन् । उनीसँग २०० मिलियन डलरको सम्पत्ति रहेको छ । उनाकाे फिल्मले निकै चर्चा पाएकाे हुन्छ र दर्शककाे उनी एकदमै प्यारा पनि हुन् । उनी विवादमा अाउन भने डराउछन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७