मनोरञ्जन

सलमान खानसँग रोमान्स गर्दै दिशा पटानी (तस्विरसहित)

सलमान खानसँग रोमान्स गर्दै दिशा पटानी (तस्विरसहित)

दिशा पटानी यस्ती अभिनेत्री हुन् जसले फिल्ममा आफ्ना विविध भूमिकाबाट दर्शकलाई चकित बनाएकी छन्। उनले बलिउडमा आफ्नो करिअरको सुरुआत ‘एमएस धोनी स् द अनटोल्ड स्टोरी’बाट गरेकी हुन्।

यो फिल्ममा उनले धोनीकी गर्लफ्रेन्डको भूमिका निर्वाह गरेकी थिइन्। त्यसपछि फिल्म ‘मलंग’मा उनले एक रहस्यमय र हट अवतार पेस गरेकी थिइन्।

दिशा आगामी फिल्ममा दुई दमदार रोल लिएर आउँदैछिन्। उनको एउटा फिल्म राधे हो। यसमा उनले एक्सनपूर्ण भूमिकामा सलमान खानसँग स्क्रिन सेयर गरेकी छन्। अर्को फिल्म ‘एक भिलेन–२’मा जोन अब्राहमसँग स्क्रिन सेयर गर्दै देखिने छिन्।

दिशाले बलिउडमा आफ्नो उपस्थिति तीव्र बनाएकी छन्। उनी बहुप्रतिभाशाली छिन्। नृत्य र फिटनेसमा उनी माहिर मानिन्छिन्। सोसल मिडियाको माध्यमबाट फ्यानसँग सम्पर्कमा रहिरहन्छिन्। सोसल मिडियामा उनको फरकफरक लुक, पर्दापछाडिका कुरा र कार्यतालिका बारम्बार आउने गर्छन्। उनका डान्स मुभ पनि बेलाबखत सार्वजनिक हुने गर्छन्।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७