खेलकुद

पराजित भएपछि मेस्सीले भने- ‘यस्तै हो भने हामी नापोलीसँग पनि हार्ने छौँ’

पराजित भएपछि मेस्सीले भने- ‘यस्तै हो भने हामी नापोलीसँग पनि हार्ने छौँ’

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले सन् २०१९–२० सिजनमा यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने बताएका छन् । बिहीबार बार्सिलोनाले लिगको छैटौँ हार बेहोर्दा रियलले आफ्नो खेलमा जित हासिल गर्दै सन् २०१७ पछि को पहिलो लिग उपाधि जितेको थियो ।

क्वीके सेटिनको टोली भने आफ्नै घरेलु मैदानमा १० खेलाडीमा समिति ओसासुनासँग २–१ गोलअन्तरले पराजित भयो । जोसे अरिनाज र रोबर्टो टोरेजले मेस्सीको फ्रिकिकलाई ओझेलमा पारेका थिए । पराजयसँगै बार्सा अन्तिम खेलअघि रियललाई म्याड्रिडभन्दा ७ अंकले पछि परेको छ ।

खेलपछि मुभीस्टार प्लससँगको कुराकानीमा आफ्नो निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनको आलोचना गर्दै यसरी नै खेले च्याम्पियन्स लिगमा नापोलीसँग पनि पराजित हुने बताएका हुन् ।

६ पटकका बालोन डि ओर विजेताले यसरी नै खेलिरहे अर्को महिना अन्तिम १६ को खेलमा नापोलीलाई हराउनेमा पनि आशंका व्यक्ति गरे । बार्साले दोस्रो लेगमा लिस्बनमा खेलिने खेलमा नापोलीको सामना गर्नेछ ।

‘हामी यसरी सिजन सक्न चाहँदैन थियौँ तर यसले हाम्रो सिजन कस्तो रह्यो भन्ने प्रतिनिधित्व गर्छ,’ उनले भने- ‘हामी कमजोरी टोली थियौँ र हामीले धेरै अंक गुमाइसक्याै । आजको खेल यो सिजनको सारंश हो ।’ ‘हामीले धेरै कुरा बदल्नुछ । नापोलीसँगको खेल नजिकै छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७