स्वास्थ्य

पोखरामा खुल्यो सरुवा रोग अस्पताल

पोखरामा खुल्यो सरुवा रोग अस्पताल

गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–३० मा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिँदै गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो ।

प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार अस्पताल उद्घाटन गरे । काठमाडौंपछिको यो अस्पताल नेपालकै दोस्रो संक्रामक तथा सरुवा रोग अस्पताल हो ।

‘अर्को व्यवस्था नहुँदासम्म प्रदेश सरकारले एक/एक जना चिकित्सक, लेखा र प्रशासनको कर्मचारी खटाइएको छ । सरकारको मातहतमा भएपछि स्थायी कर्मचारी नै राख्नुपर्छ,’

अर्को व्यवस्था नहुँदासम्म लायन्स अस्पतालकै व्यवस्थापन समितिले काम गर्ने, अस्पतालमा रहेका ४२ जना कर्मचारी यथावत राख्‍ने र सेवा दिने निर्णय भएको सामाजिक विकास मन्त्रालयका स्वाथ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीले बताए । अस्पताल ६० शय्याको छ । हाल यहाँ जनरल र ओपीडी सेवा मात्रै उपलब्ध छ ।

‘अर्को व्यवस्था नहुँदासम्म प्रदेश सरकारले एक/एक जना चिकित्सक, लेखा र प्रशासनको कर्मचारी खटाइएको छ । सरकारको मातहतमा भएपछि स्थायी कर्मचारी नै राख्नुपर्छ,’ उनले भने । अस्पताल निर्माणको काम भइरहेकाले पनि यसको व्यवस्थापन गर्न अझै एक हप्ता समय लाग्‍ने केसीले बताए ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७