मनोरञ्जन

मान्छे जस्तो माछा भेटियो

मान्छे जस्तो माछा भेटियो

भेटियाे अनाैठाे माँछाे । मलेसियामा एकजना पर्यटकले तालमा फिसिंग रडको मद्धतले समातेको माछाको दाँत पुरै मानिसको जस्तो भेटिएको छ । यो अनौठो माछा सामाजिक संजालमा भाइरल बनेकाे छ ।

यसका तल र माथिका दन्त लहर हुबहु मानिसकै जस्ता छन् । यसका तस्वीर ट्विटरमा हजारौ पटक सेयर भएको छ र निकै चर्चा पनि भएकाे छ ।

मान्छेको जस्तै आँखा, नाक र मुख भएको पहिलो पटक कार्प प्रजातिको माछा भेटिएको हो । तस्विरलाइ ट्विटरमा थुप्रै युजरले पत्याउनै नसकिने भन्दै प्रतिक्रिया जनाएका छन् ।

युजरहरुले रमाइलोका लागि यस माछाका आँखामा फोटोसपबाट नक्कली आँखीभौ जोडेर पनि सेयर गरेका छन् । हाल याे माछाले निकै चर्चा पाएकाे छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७