मनोरञ्जन

यो तस्बिरका कारण ट्रोल भए सलमान खान, प्रयोगकर्ताले सोधे यस्ता प्रश्न

यो तस्बिरका कारण ट्रोल भए सलमान खान, प्रयोगकर्ताले सोधे यस्ता प्रश्न

बलिउड अभिनेता सलमान खान आजकाल आफ्ना नजिकका साथीहरुसँग पनवेलको फार्महाउसमा आफ्नो समय बिताइरहेका छन् । सलमानले पछिल्लो पटक आफ्नो इन्स्टाग्राम अकाउन्टमा हिलो लत्पत्तिएको आफ्नो तस्बिर सेयर गर्दै क्याप्सनमा लेखे, ‘सबै किसानको सम्मान गर्नुहोस् ।’ उनको यो तस्बिर पोस्ट हुने बित्तिकै सलमान खानमाथि ट्रोल गर्न थालियो ।

यो तस्बिरमा एक प्रयोगकर्ताले प्रश्न तेर्साउँदै लेखे, ‘को किसान खेतमा बसेर यसरी फोटोसुट गर्छ ? ’ यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘मैले अहिलेसम्म धेरै किसान देखेको छु, कसैको मुखमा पनि हिलो लागेको देखिनँ ।’ यस्तै अर्का प्रयोगकर्ताले भने,‘ध्यान दिएर हेर्नु त, उनको हातमा हिलो छैन तर पाखुरामा छ ।’

कामको कुरा गर्ने हो भने सलमानको अर्को फिल्म राधे छ । जसमा उनी दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रोफ र गौतम गुलाटी प्रमुख भूमिकामा देखिनेछन् । यो फिल्मको सुटिङ करिब ८० प्रतिशत पूरा भइसकेको छ । फिल्मका केही दृश्य सुट हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७