मनोरञ्जन

लकडाउनका बेला राधिकाले एउटा तस्वीर शेयर गरेपछि…

लकडाउनका बेला राधिकाले एउटा तस्वीर शेयर गरेपछि…

बलिउड चर्चित अभिनेत्री राधिका आप्टे यतिबेला लण्डनमा छिन् । उनी लण्डनमा भएका बेला एक तस्वीरमा सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । उक्त उनले शेयर गरेकाे तस्वीरका कारण राधिकाले ट्रोलिङको सामना गर्नुपर्याे । शेयर गरेको तस्वीरमा उनले मास्क लगाएकी थिइनन् ।

कोरोना महामारीका कारण यतिबेला धेरैजसो घरमै कैद छन् । भारतमा बलिउडकर्मी पनि घरबाट बाहिर खासै निस्किएका छैनन् । राधिका भने आफ्ना पतिसँग लण्डनमा घुमफिर गरिरहेकी छिन् ।

लकडाउनका बेला उनी रेस्टृुरेन्टमा पुगेकी थिइन् । साथै उनले सेफका साथ तस्वीर खिचेर सामाजिक सञ्जालमा शेयर पनि गरिन् ।

राधिकाले लेखिन् – लकडाउनबाट बाहिर आएर रेस्टुरेन्टमा खानुभन्दा राम्रो अरु के होला ?

राधिकाको यो पोस्टसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले मास्क नलगाएको र सामाजिक दूरी पनि कायम नगरेको भन्दै गाली गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७