विचित्र संसार

विश्वकै पहिलो सुनले बनेको होटल: एक रातको मुल्य सुन्दै परिन्छ चकित [१५ तस्विर]

विश्वकै पहिलो सुनले बनेको होटल: एक रातको मुल्य सुन्दै परिन्छ चकित [१५ तस्विर]

संसारमा आफुलाई फरक सावित गर्न मानिसले अनेक काम गर्छ । व्यवसायमा पनि त्यस्तै प्रतिस्पर्धा हुन्छ । आफुलाई संसारमै फरक देखाउन होडवाजी चलेको हुन्छ । यस्तै क्रममा भियतनामको राजधानी हनोइमा सुनै सुनको होटल खुलेको छ । सो होटलको ढोका, कप, टेवल, धारा, वासरुम, खाना खाने भाँढा सबै सुनका छन् ।

यो होटलको सुरुवात २ जुलाईमा भएके हो । होटलको सुभारम्भ भएसंगै संसारभर यसको निकै चर्चा भएको छ ।

होटलको नाम डोल्से हनोई गोल्ड लेक राखिएको छ । यो होटलको गेट देखि कप समेत सुनकै बनेका छन् । यो होटल स्टार होटल हो । जो २८ तले भवनको छ । जसमा ४०० वटा कोठा रहेका छन् । जसको ढोकामा पनि ६४ वर्ग फीट गोल्ढ प्लेटेड टायल लगाइएको छ । होटलको स्टाफले लगाउने ड्रेस कोड पनि रातो र गोल्डन राखिएको छ । लबीमा राखिएको सजावटमा पनि सुनकै जलप छन् । हेर्दा सबै होटल सुनैसुनको देखिन्छ ।

छतमा इन्फिनिटी पूल बनाइएको छ । जसवाट हनाई शहरको मनोरम दृष्य देख्न सकिन्छ । छतमा पनि गोल्ड प्लेटेड गराइएको छ । होटल को दक्षिण पूर्व एशियामा सबैभन्दा महंगो र आरामदायी होटल भनेर भनिएको छ । यो होटल बनाउनुको कारणका बारेमा बताउँदै भनिएको छ । यसले मान सिक तना’व कम गर्न मद्धत गर्ने छ ।

यति धेरै लगानी गरिएको यो होटलमा बसेको भाडा कति लाग्छ होला ? होटल ब्यवस्थापन पक्षले भनेको छ । यो होटलमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया लाग्नेछ । यो होटलको सुरुवाती रुमको भाडा नै ३५ हजार रुपैयावाट सुरु हुन्छ । यो होटलमा यस्तो ६ वटा विशिष्ट रुमहरु छन् । डबर रुम सुइटमा बसेको एक रातको करिब १ लाख २५ हजार रुपैया पर्नेछ । ६ प्रकारका सुइट रुम रहेको होटल ब्यवस्थापन पक्षले जनाएको छ । सबैभन्दा विशिष्ट रुमका लागि एक रातको करिब ८ लाख रुपैया छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७