समाचार

मोरङमा टिकटक बनाउने दुई प्रहरीमाथि छानबिन सुरु

मोरङमा टिकटक बनाउने दुई प्रहरीमाथि छानबिन सुरु

अहिले सामाजिक संजालमा चर्चा रहेकाे टिकटकका कारण कतिले चर्चा पाए भने कतिले दुख पाएका पनि छन् । मोरङको इलाका प्रहरी कार्यालय लेटाङमा कार्यरत दुई प्रहरी टिकटक बनाएको विषयलाई लिएर छानबिनको दायरमा तानिएका छन् ।

विवा दित तवरबाट पोशाकमै टिकटक बनाएर फेसबुकमा पोस्ट गरेकाले कारबाही अघि बढाउन हवल्दार रेनुका सोनाम र जवान अशोक राईमाथि छानबिन सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

प्रहरी संगठनको आचरण र मर्यादा विपरित गतिविधी गर्दै सोनाम र राईले एउटै टेबुलमा बसेर बनाएको टिकटक सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि कारबाही सुरु गरिएको उनको भनाइ छ ।

टिकटक बनाउँदा उनीहरुले आफ्नो अगाडि टेबुलमा प्रहरीका दुईवटा सञ्चार सेट (वाकिटाकि) पनि राखेका छन् । डीएसपी राईकाअनुसार उक्त टिकटक प्रहरी प्रधान कार्यालयले जारी गरेको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी निर्देशिका विपरित हो ।

उनीहरुले कुन गीत वा डाइलगमा टिकटक भिडियो बनाए भन्ने कुरा मोरङ प्रहरीले गोप्य राखेको छ । डीएसपी राईले दुई जना मिलेर बनाएको टिकटक फेसबुकमा उनीहरुले नै पोस्ट गरेको वा अरुले गरिदिएको हो भन्ने बारेमा पनि छानबिन गरेर कारबाही अघि बढाइने बताए ।

निर्देशिकाअनुसार प्रहरीमा कार्यरत रहेकाले पोशाक वा प्रहरीको चिन्ह प्रयोग गरेर व्यक्तिगत रुपमा खिचेको फोटो वा भिडियो आफू स्वयंले सामाजिक सञ्जालमा पोस्ट गर्न नमिल्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७