मनोरञ्जन

रानी र प्रीतिको घनिष्ट सम्बन्धमा यसरी आएको थियो फाटो

रानी र प्रीतिको घनिष्ट सम्बन्धमा यसरी आएको थियो फाटो

जब अभिनेत्री रानी मुखर्जी र प्रीति जिन्टाको सम्बन्ध मित्रता भन्दा बढी दिदीबहिनीको जस्तो थियो। ‘चोरी चोरी चुपके चुपके’ सिनेमामा एकसाथ काम गरेपछि उनीहरूबीच घनिष्ट मित्रता सुरू भएको थियो।

उनीहरूको मित्रता यति घनिष्ट भयो कि सो सिनेमामा उनीहरूको हिरो बनेका सलमान खान आफूलाई दुई जनाले ध्यान नदिएको जस्तो ठान्दथे। यस समय रानी र प्रीति बलिउडका टप अभिनेत्रीहरूको सूचिमा पर्थे।

मित्रतामा तगारो- सिमला घर भएकी प्रीति आफूलाई बलिउडमा बाहिरिया ठान्थिन्। रानीसँगको घनिष्टताले उनलाई निर्देशक करण जोहर र अभिनेता शाहरूख खानको निकट हुन सहयोग पुर्‍यायो। सो समयमा रानीको अभिनेत्री ऐश्वर्या रायसँग एकदमै राम्रो मित्रता थियो। त्यो देख्दा प्रीति रानी आफ्नो भन्दा पनि अभिनेत्री ऐश्वर्याको निकट रहेको र उनको नै ज्यादा प्रशंसा गर्छिन् भन्ने सोच्थिन्।

रानी र ऐश्वर्याले करियरको सुरूमा सँगै ‘वर्ल्ड टुर’ गरेका थिए। यसले उनीहरूलाई मिल्ने साथी बनाइदिएको थियो। रानीले त्यतिबेला कहिले पनि प्रीतिसँग मित्रता नतोड्ने बताउँथिन्। तर एउटै पेसामा रहेका उनीहरूबीच प्रतिष्पर्धाले ठाउँ लियो र उनीहरूको मित्रतामा फाटो आयो।

ऐश्वर्या त्यतिबेला बलिउड अभिनेता सलमान खानसँग प्रेम सम्बन्धमा थिइन्। तर यी दुबैको सम्बन्धमा सलमानको हिं स्रक बानीले फाटो आउन थालिसकेको थियो। त्यो बेलामा उनलाई शाहरूख खानले ‘चलते चलते’ सिनेमामा अनुबन्ध गरेका थिए। सलमानले सेटमा हंगामा गर्न थालेपछि शाहरूखको सो सिनेमामा रानी मुखर्जीले स्थान पाइन्।

ऐश्वर्यालाई रानीले आफूसँग मित्रतालाई नजरअन्दाज गर्दै फाइदा उठाएको ठानिन्। यस घ टनाले उनीहरूको सम्बन्धमा फाटो ल्यायो। त्यसपछि रानी स्वभाविकरूपले प्रीतिसँग नजिक हुन पुगिन्। यस्तैमा करणको ‘कल हो ना हो’ सिनेमामा प्रीति अनुबन्धित भइन्।

रानीलाई लागेको थियो शाहरूखले ‘चलते चलते’ सिनेमामा आफूले लगाएको गुन सम्झदैं आफूलाई हिरोइनमा सिफारिस गर्नेछन् तर त्यसो भएन। यसले रानीको चित्त दुख्यो। उनले प्रीतिले आफ्नो रोल खोसेको ठानिन्।

यसैगरी रानी यशराज फिल्म्सले आफूलाई प्राथमिक्ता दिने सोच्थिन्। यस्तैमा यश चोपडाले प्रीति सो समयकी सबैभन्दा उत्कृष्ट हिरोइन भएको अन्तरवार्ता दिए। यसबाट रानीलाई धक्का लाग्‍यो। त्यसपछि रानीले चरित्रप्रधान भूमिकामा ध्यान दिने निर्णय गरिन्। उनले ‘ब्ल्याक’ सिनेमाबाट आफूलाई अब्बल अभिनेत्री सावित गरिन्।

‘तपाई एकअर्कालाई लागि जति नै राम्रो सोच्नुहोस् जब सिनेमा प्रस्तावको कुरा आउँछ तब तपाईं एकअर्काको प्रतिष्पर्धी बन्नुहुन्छ’,

यी घट नाले रानी र प्रीतिको दिदीबहिनी जस्तो सम्बन्ध चिसियो। दुबै आआफ्नो बाटो लागे। पछि एक अन्तरवार्तामा रानीले सिनेमा उद्योगमा दुई हिरोइन कहिले पनि साथी बन्न नसक्ने बताइन्।

‘तपाई एकअर्कालाई लागि जति नै राम्रो सोच्नुहोस् जब सिनेमा प्रस्तावको कुरा आउँछ तब तपाईं एकअर्काको प्रतिष्पर्धी बन्नुहुन्छ’, उनले अन्तरवार्तामा भनेकी थिइन्। यध्यपी प्रीतसँग मित्रता टुटेको दुःख आज पनि रानीलाई भएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७