मनोरञ्जन

सलमान खानले रोपाईं गर्दै किसानको सम्मानमा यस्तो लेखे

सलमान खानले रोपाईं गर्दै किसानको सम्मानमा यस्तो लेखे

बलिउड अभिनेता सलमान खान आफ्नो अभिनय र कामका लागि निकै परिचित छन्। कोरोना भाइरसको कारण जारी लकडाउनले अहिले सुटिङ तथा प्रोजेक्टका काम बन्द छन्।

यो समयको सदुपयोग गर्दै सलमान पछिल्लो समय आफ्नो पनवेल फार्म हाउसमा समय बिताउँदै छन्। त्यहाँ उनी खेतिपातीमा समेत संलग्न भएको तस्विर सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा सेयर गरेको एउटा फोटोमा सलमानले रोपाईं गरिरहेको देख्न सकिन्छ। यस्तै, अर्को फोटोमा उनी खेत नजिकै मैदानमा बसिरहेका छन्, शरीरमा भिजेको माटो देख्न सकिन्छ।

यी फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘सबै किसानहरूलाई सलाम!’

सलमान खानको फोटोलाई सोशल मिडियामा धेरैले मन पराएका छन्। फोटोमा ११ लाख भन्दा बढी लाइक प्राप्त भएको छ भने झण्डै ९० हजार कमेन्ट प्राप्त भएको छ ।

यसभन्दा पहिले पनि खानले फोटो शेयर गरेका थिए, जसमा उनी खेतिपाती गर्दै गरेको देखिन्थ्यो । उक्त तस्बिरले पनि निकै चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७