समाचार

कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना देखियो

कांग्रेस नेता जीवनबहादुर शाहीलाई कोरोना देखियो

काेराेनाकाे माहामारीका कारण अहिले देशभर निकै पिडित भएका छन् । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना संक्र मण देखियाे । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा शाहीलाई कोरोना संक्र मण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनले शाहीको सम्पर्कमा आएका व्यक्तिको कारोना परीक्षण गरिने पनि जानकारी दिए । संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्र मितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसके

शाहीमा कोरोना संक्र मण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास छाएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्र मितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७