समाचार

प्रेमीका भेट्न गएका युवाले उर्लिएको खोला तर्न खोज्दा…

प्रेमीका भेट्न गएका युवाले उर्लिएको खोला तर्न खोज्दा…

मोरङको रतुवामाई नगरपालिका-७ डाँगीटोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार आफ्नी प्रेमीकालाई भेट्न झापाको गौरीगञ्ज जाँदै थिए । प्रेमीकाले भेट्ने इच्छा व्यक्त गरेपछि मामा बासु ऋषिदेवलाई साथमै लिएर उनी घरबाट आइतबार साँझतिर निस्किए ।

प्रहरीकाअनुसार घुमेर जान निक्कै समय लाग्ने भएकाले अरुण र बासुले बाढीका कारण उर्लिएको रतुवा खोला तरेर जाने निर्णय गरे । खोला तर्नका लागि वरपर कुनै पुल वा अरु केही माध्यम नभएपछि उनीहरुसँग पौडिएर खोला तर्नुको विकल्प थिएन ।

पौडिएर तर्ने योजना बनाएका दुवैजना खोलामा हाम फा ले । जसोतसो पौडिएर खोला तर्दै बासु गौरीगञ्ज निस्कन सफल भए । तर उनीसँगै खोलामा हाम फा लेका भान्जा अरुण भने निस्किएनन् ।

खोला तरेर बाँ च्न सफल भएका मामाले भान्जालाई प्रेमीकाले भेट्न बोलाएपछि आफूहरु गौरीगञ्जतर्फ लागेको जानकारी दिएको रायमाझीको भनाइ

उनलाई खोलाले बगाएर बे पत्ता बनायो । आफन्त, स्थानीय बासिन्दा, नेपाल र सशस्त्र प्रहरीले खोजी जारी राखे पनि उनलाई फेला पार्न सकेका छैनन् । खोलाले बगाएको लामो समय भइसकेकाले जीवितै भेट्ने सम्भावना सकिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीले प्रेमीका भेट्न निक्‍कै ठूलो जोखिम मोलेका अरुणलाई रतुवा खोलाले बगाएर बेप त्ता बनाएको बताए । खोला तरेर बाँ च्न सफल भएका मामाले भान्जालाई प्रेमीकाले भेट्न बोलाएपछि आफूहरु गौरीगञ्जतर्फ लागेको जानकारी दिएको रायमाझीको भनाइ छ । उनकाअनुसार मामा बासुले गौरीगञ्ज पुगेर प्रहरीलाई खबर गरेपछि मात्रै घटनाका बारेमा थाहा भएको थियो ।

हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-विराटनगर सडक खण्डको निर्माणाधिन पुलदेखि करिब दुई सय मिटर दक्षिणबाट अरुणलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार निर्माणाधिन अवस्थाको पुलबाट जान सम्भव थिएन ।

‘वर्खाका बेला बाढी आएर खोलानाला उर्लिएका छन् । ज्या नलाई जोखिममा राखेर लाप रबाहीपूर्ण तरिकाले यसरी जोकोहीले पनि खोला तर्न हुँदैन,’ उनले भने, ‘बरु समय लागे पनि सुरक्षित बाटो खोज्नुपर्छ । त्यसो गरिएमा ज्यान ब च्छ र कुनै क्षति हुन पाउँदैन ।’

मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले प्रेमीकालाई भेट्ने नाममा जोखिमपूर्ण र लापरबाहीपूर्ण तरिकाले खोला तर्न खोज्दा घटना भएको बताए । ‘वर्खाका बेला बाढी आएर खोलानाला उर्लिएका छन् । ज्या नलाई जोखिममा राखेर लापरबाहीपूर्ण तरिकाले यसरी जोकोहीले पनि खोला तर्न हुँदैन,’ उनले भने, ‘बरु समय लागे पनि सुरक्षित बाटो खोज्नुपर्छ । त्यसो गरिएमा ज्यान बच्छ र कुनै क्षति हुन पाउँदैन ।’

एसपी खड्काले वर्खाको समयमा सावधानी अपनाउँदै सुरक्षित बाटोको खोजी गरेर खोलानदी तर्न सबैमा आग्रह गरे । ‘अरुणले पनि गौरीगञ्ज पुग्न सुरक्षित बाटो अपनाएको भए ज्यान ब च्ने थियो,’ उनले भने, ‘चाँडो गरेर पुग्न खोज्दा ठूलो दु र्घटना हुन पुग्यो ।’

उनले कतिपय मानिसहरुलाई यसरीनै लाप रबाहीपूर्ण तरिकाले खोलानदी तर्न खोज्दा बाढीले बगाएको जानकारी दिए । यस घट नापछि कोही कसैलाई पनि तर्न नदिन खोला आसपासमा निगरानी बढाइएको एसपी खड्काको भनाइ छ । (अन्नपूर्ण पाेस्टमा किशोर बुढाथोकीले लेखेका हुन् ।)

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७