मनोरञ्जन

राजेश हमाल यतिबेला पर्ख र हेरको नीतिमा, नबाेल्नुकाे कारण यस्तो छ

राजेश हमाल यतिबेला पर्ख र हेरको नीतिमा, नबाेल्नुकाे कारण यस्तो छ

यतिबेला नेपाली चलचित्र क्षेत्रमा एउटा विषय निकै वि,वादमा परेको छ। राजेश हमाललाई महानायक मान्ने वा नमान्ने विषयको चर्चासँगै यसको पक्ष र विपक्षमा टिप्पणीहरू आइरहेका छन्। कलाकार दीपाश्री निरौलाले हमाललाई कुन आधारमा महानायक मान्ने भन्दै प्रश्न गरेपछि यो विषय चर्चामा आयो।

चौतर्फी आलो,चना भएपछि उनले माफी माग्दै आफूले सँधै हमाललाई महानायक नै मान्दै आएको प्रष्टिकरण नै दिइन्। माफी मागेपछि यो विवाद अन्त्य होला भन्ने अनुमान गरिएको थियो। तर, चाँडै सेलाउने छनक देखिएको छैन। सामाजिक सञ्जालमार्फत् दीपामाथि तथानाम गाली,गलौज आइरहेका छन् भने उनको ट्रोल समेत बनेका छन्। जसका कारण दीपाश्री निकै तना,वमा देखिएकी छिन्।

यो विषयले उ,ग्र रूप लिइरहेका बेला यसको समाधान एउटै छ, त्यो हो– राजेश हमालले एउटा स्टेटमेन्ट जारी गरेर आफ्ना शुभचिन्तकलाई वि,वाद नगर्न आग्रह गर्नु। तर, हमाल तत्कालै त्यस्तो स्टेटमेन्ट जारी गर्ने मनसायमा छैनन्। हमाल यतिबेला पर्ख र हेरको नीतिमा छन्। यो वि,वाद दीपाश्रीकै कारण उत्पन्न भएको हो। त्यसैले राजेशले मौन बस्ने रणनीति अपनाइरहेका छन्। अहिले चलिरहेका विवा,दले उनलाई कुनै घाटा भएको छैन। त्यसैले जे चलिरहेको छ, त्यसले केही दिन निरन्तरता पाओस् भन्ने उनको चाहना हुन सक्छ।

त्यसो त हमाल आफैं पनि यो विवा,दबाट मुक्ति पाउनका लागि यतिबेला सामाजिक सञ्जालबाट टाढा छन्। हमालका एक सहयोगीले दिएको जानकारी अनुसार यतिबेला एउटा टेलिभिजन कार्यक्रमको छायांकनमा व्यस्त रहेका कारण पनि हमालले कुनै प्रतिक्रिया जनाउन भ्याएका छैनन्। यो विषयमा जानकार रहेका हमाल आफूलाई व्यस्त देखाएर केहीदिन दीपालाई यो समस्यासँग जुध्न दिने मनसायमा छन्।

“उहाँ दुई÷चार दिन एउटा प्रोजेक्टमा व्यस्त हुनुहुन्छ। सामाजिक सञ्जालबाट केही दिन टाढा रहनुभएको छ” हमालका सहयोगीले भने, “यो विषयमा तत्काल कुनै प्रतिक्रिया छैन। को महानायक हो÷होईन यस विषयमा हमालज्यूको कुनै चासो छैन।” एक कलाकारले अर्को कलाकारको सम्मान गर्नुपर्ने तथा सबैले मिलेर चलचित्र क्षेत्रलाई अगाडि बढाउनुपर्ने धारणा हमालको छ।

तर, यस विषयमा तत्काल कुनै प्रतिक्रिया नआएको र केही दिनमा आउन सक्ने हमालका सहयोगीले बताए। “कलाकाहरूबीच कहिलेकाहीँ त्यस्ता खालका मनमुटाव हुनु सामान्य हो। यसलाई ठूलो विषय नै मान्नुभएको छैन। आफ्नो बारेमा टिकाटिप्पणी गर्नेबारे कुनै दुखेसो वा गुनासो छैन”, हमालका सहयोगीले भने।

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७