मनोरञ्जन

‘के माया लाग्छ र’ भन्दै देखापरिन् सुरविना (फोटो/भिडियो)

‘के माया लाग्छ र’ भन्दै देखापरिन् सुरविना (फोटो/भिडियो)

पछिल्लो समय सामाजिक संजालमा एउटा गीत निकै चर्चामा छ । गायक निशान भट्टराई र गायिका एलिना चौहानको आवाजमा रहेको ‘के माया लाग्छ र’ बोलको गीतले निकै चर्चा पाइरहेको छ ।

गीतको भिडियोमा कलाकार मुकुन भुषाल र नायिका सुरविना कार्कीले अभिनय गरेका छन् । यो गीत चर्चामा आएपछि सुरविनालाई दर्शकले झनै नोटिस गरेका छन् । २ बर्षदेखि मुम्बइमा रहेर मोडलिङ गर्दै आएकाले पनि नेपाली दर्शक माझ उनि त्यती परिचित छैनन् ।

सुरविना, यो गीतमा काम गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँछिन् । अब, नेपाली चलचित्र र म्यूजिक भिडियोमा नै काम गर्ने सोच उनको छ ।

उक्त गीतको चर्चा पछि ‘के माया लाग्छ र’ भन्दै क्याप्सन सहित उनले सुन्दर तस्बिर सामाजिक संजालमा शेयर गरेकी छन् । जहाँ उनलाइ र उक्त गीतको दर्शकले तारिफ गरिरहेका छन् ।

तस्बिर सुरविनाको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस
Pokhara-7, Masbar, Kaski Nepal
सुचना बिभाग दर्ता: १६६३/०७६/७७